केन्द्रीय कारागारः कर्तव्य ज्यान र लागूऔषध कारोबारी महिला बढी


प्रकाशित मिति :2018-04-22 16:07:09

–महिला खबर–

ललितपुर । केन्द्रीय कारागार काठमाडौंमा कर्तव्य ज्यान मुद्दा र लागूऔषध कारोबारमा फसेका महिलाहरू कैदी बन्दीको रुपमा रहेका छन् ।
कारागारको तथ्यांक अनुसार ३ सय २२ महिलामध्ये कर्तव्य ज्यान मुद्दाका ८० महिला छन् । जसमध्ये ४७ कैदी र ३३ थुनुवा महिला छन् । कर्तव्य मुद्दामा एक जना विदेशी महिला समेत छन् ।

यस्तै कारागारमा लागूऔषध मुद्दाका ३९ कैदी र ४१ थुनुवा गरी ८० महिला छन् । जसमा ६२ नेपाली र १८ विदेशी महिला छन् ।
ठगी मुद्दामा ४५ थुनुवा र १९ कैदी गरी ६४ जना महिलाहरू रहेका छन् । सार्वजनिक मुद्दाका ३ थुनुवा महिला छन् भने, किर्ते खरखजनाका २ कैदी र ७ थुनुवा महिलाहरू रहेका छन् ।

कारागारमा जिउ मास्ने बेच्ने(जि.मा.वे) उद्योगका ५१ महिला छन् । जसमा २१ महिला कैदी र ३१ थुनुवा अवस्थाका छन् । (जि.मा.वे) मा एक जना विदेशी महिला समेत रहेको कारागार शाखाले जनाएको छ ।

यस्तै कारागारमा चोरी सम्बन्धि मुद्दाका ८ कैदी र तीन थुनुवा महिला छन् । जवरजस्ती करणीमा तीन थुनुवा महिला रहेका छन् । विदेशी मुद्रा अन्तरगत एक कैदी महिला, दुई थुनुवा महिला छन् । जसमा एक नेपाली र दुई विदेशी महिला छन् ।

सुन चोरी पैठारी मुद्दाका दुई थुनुवा महिला छन् । जसमा एक जना नेपाली र एक जना विदेशी महिला छन् । चोरी मुद्दाका ८ कैदी र तीन थुनुवा महिला छन् । खुन डाँकमा एक जना कैदी र दुई जना थुनुवा रहेका छन् । डाँकामा एक महिला रहेका छन् । वन सम्वन्धि मुद्दाका दुई कैदी महिला छन् । भ्रष्टाचार मुद्दाका दुई थुनुवा महिला रहेका छन् । सार्वजनिक मुद्दाका तीन जना थुनुवा महिला रहेका छन् । यस्तै ठगी मुद्दामा १९ कैदी र ४५ थुनुवा गरी ६४ महिलाहरु रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

फिस्टुलाको उपचार सहज हुन्छः राज्यमन्त्री अर्याल

–महिला खबर– ललितपुर । महिलाहरुमा हुने प्रसव फिस्टुला बारे धेरैलाई थाहा छैन । तर जसलाई

पहिचान नखुलेकी युवती मृत फेला

–महिला खबर– सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं. ७ खुर्कोट बजार नजिक सुनकोशी नदिको

ए ‘मर्द’ पुरुष !

–शोभा पौडेल– मर्दाङ्गी त सत्य स्वीकार गर्नुमा साबित हुन्छ सत्य अस्विकार र ढाकछोप त नामर्दले पो गर्छ

सञ्चारमाध्यमले मेरो मान मर्दन गरे : सांसद, शेख चाँद तारा

–महिला खबर– ललितपुर । श्रीमान् शेष मन्सुर बाबुमाथि जवरजस्ती करणी गर्न खोजेको आरोपमा मुद्दा दर्ता भएदेखि

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: