फिस्टुला र क्यान्सरको निःशुल्क परीक्षण हुने


प्रकाशित मिति :2018-04-16 14:39:09

–महिला खबर–

ललितपुर । सरकारले महिलाहरुको फिस्टुला र क्यान्सरको परीक्षण निःशुल्क गर्ने भएको छ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले महिलाहरुलाई फिस्टुला र क्यान्सर रोगको परीक्षण निःशुल्क गर्ने घोषणा गरेकी हुन् ।

स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाले सुरक्षित मातृत्व दिवसको अवसरमा त्रिवि शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा वैशाखदेखि असारसम्मभित्रमा लागू हुने पनि मन्त्री अर्यालले जानकारी गराईन् ।

संचारिका समूहले उत्पादन गर्दै आएको टेलिभिजन कार्यक्रम ‘समकोण’ मा प्रमुख वक्ताको रुपमा आएर उनले यो गम्भीर विषयमा सरकारले निःशुल्क उपचारको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिईन् ।

मन्त्री अर्यालले प्रसव फिस्टुलाका बिरामीको एकिन तथ्यांक अब सरकारले पनि अध्ययन अनुसन्धान गरेर निकाल्ने र उपचारको सहज पहुँचको लागि पनि पहल गर्ने बताईन् । स्वास्थ्य मन्त्रालय र यूएनएफपीएको प्रतिवेदन सन् २०११ का अनुसार नेपालमा हरेक वर्ष करिब २ सयदेखि चार सय जना फिस्टुलाका नयाँ बिरामी भेटिन्छन् ।

सरकारले यसअघि पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण निःशुल्क गर्दै आएको छ । यस्तै सरकारले सबै स्थानीय तहमा सुरक्षित मातृत्व कोष खडा गर्ने पनि घोषणा समेत गरेको छ । मन्त्री अर्यालले ‘एक पालिका एक सुरक्षित मातृत्व कोष’ अभियान देशव्यापी बनाइने बताइन् । उक्त कोष आकस्मिक प्रसुति सेवामा उपयोग र प्रयोग गरिनेछ ।

त्यस्तै सार्वजनिक विद्यालयमा पढ्ने छात्राहरुलाई स्यानिटरी प्याड वितरण गर्ने पनि मन्त्री अर्यालको भनाइ छ । अभियान अन्तर्गत कात्तिकदेखि पुससम्म सुरक्षित मातृत्व सम्बन्धी किशोर–किशोरी अवस्थादेखि नै जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी रुपमा निबन्ध र वतृत्वकला सम्बन्धी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

पुसदेखि फागनुसम्म किशोरीहरुलाई महिनावारी हुँदा सरसफाई चेतना अभिवृद्धिका लागि सार्वजनिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई राष्ट्रव्यापी रुपमा स्यानीटरी प्याड वितरण गरिनेछ । यो अभियानलाई शिक्षासँगै किशोरी तथा महिलाको क्षमता अभिवृद्धिसँग पनि जोडिने मन्त्री अर्यालले बताइन् । कार्यक्रममा शिक्षण अस्पताल महाराजगञ्जमा भर्खरै आमा बनेका ५ जनालाई सम्मान गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

मुद्दा जितेर पनि पीडामा महिला

– महिला खबर- ललितपुर । एक त अदालतले फैसला गर्नै समय लगाउँदा महिलाहरु पीडित भइरहेका

बलात्कार विरोधी कार्टुन बनाउने पत्रकारलाई धम्की

कार्टुनमा हिन्दु देवता राम र उनकी पत्नी सीताको बीचमा भएको कुराकानी लेखिएको छ । जसमा

छाउपडीः शहरमा अझ बढी

–माया केसी– अहिले उनी स्वयंलाई महिनावारी भएको बेला भान्छामा जान मन मान्दैन । अझ सुत्केरी

३० प्रतिशत कैदी महिलामा मानसिक रोग

-सन्दिप वि.क-  ललितपुर । कर्तव्य ज्यान मुद्दामा केन्द्रीय कारागारमा कैद भोगिरहेकी श्यमकली एकोहोरो टोलाउँछिन् । आफ्नै

बलात्कारको आरोपमा युवक पक्राउ

– महिला खबर ललितपुर । २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: