आमा !


प्रकाशित मिति :2018-04-16 12:48:01

मलाई दुःखहरु सुनाउन मन पर्दैन
अनि
उनलाई म दुःखी छु भन्ने सुन्न
त्यहि भएर हिँड्दै गर्दा
आमाले सोध्ने प्रश्न र मैले दिने उत्तर सधैँ एकै हुन्छ,
छोरी तँलाई कस्तो छ ?
सबै ठिकठाक छ आमा, म ठिक छु ।

              -सुजाता ढुंगाना –

प्रत्येक घुम्तीहरु घुम्दै गर्दा अनि डाँडाहरु उक्लँदै गर्दा
फोनमा छाउने उज्यालो प्रकाश म अन्दाज गर्न सक्छु
त्यो तिम्रो बाहेक अरुको हुनै सक्दैन
चाहे त्यो दैलेखको खिड्की ज्युलाको ओडार माथिको भीर उक्लदाँ होस्
वा
अछाम जाँदा भासुको भीर नै किन नहोस्
गोरखाको लापुमा चिसो सिरोटोले हानेर सिउसिउ गर्दा होस्
वा
नेपालगञ्जको गर्मीले उफ्उफ् गर्दा

जताजता जति नै अफ्ठ्यारो परे पनि
तिमीले सोध्ने प्रश्न र मैले दिने उत्तर उस्तै उस्तै भेट्छु
तिमी नै भन आमा
तिमीले सोध्ने प्रश्नहरुको उत्तर म के दिऊँ
तिमीले के सोच्छौ भनेर उत्तर दिऊँ कि
मैले के सोचिरहे छु भनेर उत्तर दिऊँ ?

लाग्दै छ, जिन्दगीको बाटो साँच्चै अप्ठ्यारो छ
जिन्दगीको बाटो साँच्चै भिरालो छ
टक्कर र ठक्करहरु बाटोहरुमा छन्
अनि त्यो साथमा तिमी छौ
तिम्रो आर्शिवाद छ
तिम्रो माया छ ।

र त आज तिमीलाई भन्दै छु म
आमा !
तिम्रो माया धेरै बलियो छ
तिम्रो आशीर्वाद धेरै दरिलो छ
त्यहि भएर
आमा तिमी छौ र म छु
म छु र तिम्रो माया छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

मुद्दा जितेर पनि पीडामा महिला

– महिला खबर- ललितपुर । एक त अदालतले फैसला गर्नै समय लगाउँदा महिलाहरु पीडित भइरहेका

बलात्कार विरोधी कार्टुन बनाउने पत्रकारलाई धम्की

कार्टुनमा हिन्दु देवता राम र उनकी पत्नी सीताको बीचमा भएको कुराकानी लेखिएको छ । जसमा

छाउपडीः शहरमा अझ बढी

–माया केसी– अहिले उनी स्वयंलाई महिनावारी भएको बेला भान्छामा जान मन मान्दैन । अझ सुत्केरी

३० प्रतिशत कैदी महिलामा मानसिक रोग

-सन्दिप वि.क-  ललितपुर । कर्तव्य ज्यान मुद्दामा केन्द्रीय कारागारमा कैद भोगिरहेकी श्यमकली एकोहोरो टोलाउँछिन् । आफ्नै

बलात्कारको आरोपमा युवक पक्राउ

– महिला खबर ललितपुर । २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: