सूचनाको हक सम्बन्धि ज्ञान हुनु आवश्यक


प्रकाशित मिति :2018-04-15 17:35:42

-महिला खबर-
ललितपुर । राष्ट्रिय सूचना आयोगका आयुक्त यशोधा तिम्सिनाले महिलाहरुमा सूचनाको हक सम्वन्धि ज्ञान हुनु अत्यन्त आवश्यक रहेको बताएकी छिन् ।

सूचना आयोगको सहयोगमा द टाइन्मस इन्टरनेशनल कलेजमा आइतबार भएको ‘सार्वजनिक सरोकार, थाहा पाउने हाम्रो अधिकार’ विषयक अन्तरक्रियामा तिम्सिनाले भनिन्, ‘महिलाले पाउने हक, अधिकारको बारेमा ज्ञान हुनु आवश्यक छ । तर कतिपय महिलाले हक,अधिकारका बारेमा ज्ञान नहुँदा उनीहरुले पाउने अधिकार पाउन सकेका छैनन् ।’

तिम्सिनाले महिला व्यवसायीक रुपमा लाग्दा सरकारले दिने कर छुटका बारेमा समेत जानकारी गराइन् । उनले युवा स्वरोजगार, शिक्षामा पाउने ऋण सहुलियत लगायतको विषयमा जानकारी गराएकी थिइन् ।

आयोगका प्रविधि विज्ञ सन्तोष तिम्सिनाले सूचना माग्ने तरिकाका विषयमा जानकारी गराए । कलेजका अध्यक्ष टिकाराम सापकोटाले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा थप मनोवल बढ्ने बताए ।

कार्यक्रममा आयोगका कार्यक्रम अधिकृत सुस्मिता बस्नेत, सूचनाको हकका अभियन्ता सर्फुला अनसारी लगायतको सहभागिता थियो । सो अवसरमा कलेजका विद्यार्थीले सूचनाको हकका विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रमको सहजिकरण फिमेल युथ नेपालकी अध्यक्ष सन्ध्या विडारीले गरेकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

मुद्दा जितेर पनि पीडामा महिला

– महिला खबर- ललितपुर । एक त अदालतले फैसला गर्नै समय लगाउँदा महिलाहरु पीडित भइरहेका

बलात्कार विरोधी कार्टुन बनाउने पत्रकारलाई धम्की

कार्टुनमा हिन्दु देवता राम र उनकी पत्नी सीताको बीचमा भएको कुराकानी लेखिएको छ । जसमा

छाउपडीः शहरमा अझ बढी

–माया केसी– अहिले उनी स्वयंलाई महिनावारी भएको बेला भान्छामा जान मन मान्दैन । अझ सुत्केरी

३० प्रतिशत कैदी महिलामा मानसिक रोग

-सन्दिप वि.क-  ललितपुर । कर्तव्य ज्यान मुद्दामा केन्द्रीय कारागारमा कैद भोगिरहेकी श्यमकली एकोहोरो टोलाउँछिन् । आफ्नै

बलात्कारको आरोपमा युवक पक्राउ

– महिला खबर ललितपुर । २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: