महिलालाई सशक्त बनाउँदै अमेरिकी जिमखाना


प्रकाशित मिति :2018-04-15 14:15:14

ललितपुर । अमेरिकी आन्तरिक अनुसन्धान केन्द्र(एफबीआई)को तथ्यांक अनुसार पश्चिमी वाशिंगटनका चार प्रमुख (सीएटल, बेल्वेउ, एवरेट र टाकोमा) शहरहरुमा सन् २०१६ मा अपराधका घटनाहरु बढी भएको थियो । उक्त तथ्यांकले प्रत्येक आठ सेकेन्डमा अमेरिकामा कोही न कोही व्यक्तिमाथि आक्रमण भएको देखाएको छ ।

अप्रिल महिनाको यौन हिंसा विरुद्धको सचेतना कार्यक्रमको अवसरमा अमेरिकाको एउटा स्थानीय आत्मरक्षा र व्यायाम सिकाउने जिमखानाले महिलालाई सशक्त बनाउने काम गरिरहेको छ ।

क्राभ मागा सीएटलको मुख्य जिम (व्यायाम) कक्षमा महिला आफ्नो सुरक्षा कसरी गर्ने ? भन्ने कुरा सिक्न कसरत शुरू गर्न लागिरहेका थिए ।
‘सम्भावित आक्रमणको सबैभन्दा खतरनाक अवस्थाको लागि तयारी गर्नुहोस्,’ क्याथरीन बकले सहभागीहरुलाई भनिन् ।
महिला सशक्तिकरण गोष्ठिका प्रस्तोता र वक्ताहरुले सहभागीहरूलाई बाहिर हिँडेको बेलामा आफ्नो सेलफोन हेर्दै हिँड्यो भने उनीहरु आक्रमणको लागि तयार हुन नसक्ने बताए ।

सहभागी जूली ह्यूयन रस्कले भनिन्, ‘पहिले म मेरो फोन लिँदै र हेर्दै सडकमा हिँड्थे, तर अहिले म त्यसो नगर्न कठिन प्रयास गरिरहेकी छु ।’ यो महिला सशक्तिकरण कार्यक्रमको पहिलो पाठ हो ।
‘तपाई आफू के गर्दै हुनुहुन्छ भनेर मात्र सोच्नु हुन्छ । तपाई अन्य मानिसहरूले के गर्दै छन् भन्ने बारेमा सोच्नु हुँदैन । यो शायद मेरो लागि सबैभन्दा ठूलो सचेतना थियो,’ कार्यक्रममा सहभागी एलिसा याब्राले भनिन् ।

तपाईको वरिपरि के हुँदैछ भनेर जानकार हुनु भनेको एउटा प्रभावकारी पाठ हो । त्यसैगरी आफ्नो नम्रतालाई पाखा लगाउनुहोस् र आफ्नो अन्तरभावमा भरोसा राख्नुहोस् । यस्तै कुरा उक्त कार्यक्रममा सिकाइएको थियो ।

ह्युएन रस्कले भनिन्, ‘यसले हाम्रो प्रवृत्तिलाई अरुप्रति रुखो नहुन र आफू खतरामा पर्दा डरलाग्दो किसिमले प्रतिक्रिया नगर्न सिकाउँछ ।’
‘यदि तपाईको अन्तरभावले तपाईलाई केही कुरा ठीक छैन भन्ने बताइरहेको छ र तपाई त्यो स्थितिमा सुरक्षित महसुस गर्नुहुन्न भने आफूलाई त्यस अवस्थामा नराख्नुहोस्,’ बकले भनिन् ।

रस्कले भनिन्, ‘खतरनाक स्थितिमा दूरी हुनु राम्रो हुन्छ । दूरीले तपाईलाई जोगिन वा सो ठाउँबाट टाढा जान धेरै समय दिन सक्छ ।’
उक्त गोष्ठिले महिलालाई झडप र लडाईबाट पन्छिन सिकाएको थियो । तर परिस्थिति असहज भयो भने आफ्नो आवाज, हात, खुट्टा र पछाडिको भागको समेत प्रयोग गरेर लड्न सक्ने तौरतरिकापनि सिकायो ।
‘तपाई सुरक्षित रुपमा उम्किन सक्षम नभएसम्म आफूलाई नरोक्नुहोस्,’ बकले भनिन् ।

कतिले बाधाहरूलाई हटाउन सकेको र कहिलेपनि खतरनाक अवस्थाको सामना गर्नु नपरेको भएतापनि गोष्ठिमा सहभागी महिलाले उनीहरुले अर्को ठूलो पाठ सिक्न सकेको बताउँछन् । ‘तपाई सशक्त, बलियो र आत्मविश्वासी व्यक्ति बन्दै हुनुहुन्छ,’ बकले भनिन् ।

साभारड : क्यू १३ फक्स

    Comment Here!

Related NEWS
मुख्य खबर

मुद्दा जितेर पनि पीडामा महिला

– महिला खबर- ललितपुर । एक त अदालतले फैसला गर्नै समय लगाउँदा महिलाहरु पीडित भइरहेका

बलात्कार विरोधी कार्टुन बनाउने पत्रकारलाई धम्की

कार्टुनमा हिन्दु देवता राम र उनकी पत्नी सीताको बीचमा भएको कुराकानी लेखिएको छ । जसमा

छाउपडीः शहरमा अझ बढी

–माया केसी– अहिले उनी स्वयंलाई महिनावारी भएको बेला भान्छामा जान मन मान्दैन । अझ सुत्केरी

३० प्रतिशत कैदी महिलामा मानसिक रोग

-सन्दिप वि.क-  ललितपुर । कर्तव्य ज्यान मुद्दामा केन्द्रीय कारागारमा कैद भोगिरहेकी श्यमकली एकोहोरो टोलाउँछिन् । आफ्नै

बलात्कारको आरोपमा युवक पक्राउ

– महिला खबर ललितपुर । २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: