उठेर गाउन नमानेको भन्दै गर्भवती गायिकाकोे हत्या


प्रकाशित मिति :2018-04-13 14:14:51

ललितपुर । पाकिस्तानकी एक गर्भवती गायिकालाई उभिएर गाउन नमानेको भन्दै सिन्ध प्रान्तको लर्कानामा गीत गाइरहेको अवस्थामा गोली हानी हत्या गरिएको छ ।

समीना सिन्धु भनेर चिनिएकी २४ वर्षीया समीना समुन कंगा गाँउमा एक समारोहमा प्रस्तुती दिइरहेका बेला तारिक नाम गरेको एक मानिस आएर गीत गाँउदा उभिएर गाँउन आग्रह गर्यो ।

शुरुमा उनले अस्विकार गरेको भए पनि अन्ततः उनी उठिन् तर पनि एक रक्सीले मातेको जतोइबाट उनी माथी तीन पटक गोली प्रहार भयो ।

यसै हप्ताको शुरुमा भएको यस घटनाको भिडियो सोसल मिडियामा भाइरल भएको छ । उक्त भिडियोमा पीडित उभिइरहेको र आफ्नो प्रस्तुती दिइरहेको साथै स्रोताहरुले उनी भए तर्फ पैसा फ्याकेको देख्न सकिन्छ ।

उनी उभिए लगत्तै गोली प्रहार गरी उनको हत्या भएको थियो । गोली लागेकी समीनालाई अस्पताल लगिएको थियो तर बाटोमै मृत्यू भइसकेको घोषणा गरियो ।

उनका श्रीमानले आरोपी बिरुद्व उजुरी गर्दै दोहेरो हत्याको (समीना र उनीहरुको नजन्मेको बच्चाका) अभियोग लगाइनु पर्ने माग गरेका छन् । आरोपीको गिरफ्तार भईसकेको छ र घटनाको अनुसन्धान कार्य शुरु गरिएको जनाइएको छ ।

साभार : इन्डिया टुडे  

    Comment Here!

Related NEWS
मुख्य खबर

मुद्दा जितेर पनि पीडामा महिला

– महिला खबर- ललितपुर । एक त अदालतले फैसला गर्नै समय लगाउँदा महिलाहरु पीडित भइरहेका

बलात्कार विरोधी कार्टुन बनाउने पत्रकारलाई धम्की

कार्टुनमा हिन्दु देवता राम र उनकी पत्नी सीताको बीचमा भएको कुराकानी लेखिएको छ । जसमा

छाउपडीः शहरमा अझ बढी

–माया केसी– अहिले उनी स्वयंलाई महिनावारी भएको बेला भान्छामा जान मन मान्दैन । अझ सुत्केरी

३० प्रतिशत कैदी महिलामा मानसिक रोग

-सन्दिप वि.क-  ललितपुर । कर्तव्य ज्यान मुद्दामा केन्द्रीय कारागारमा कैद भोगिरहेकी श्यमकली एकोहोरो टोलाउँछिन् । आफ्नै

बलात्कारको आरोपमा युवक पक्राउ

– महिला खबर ललितपुर । २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: