सातौं पटकको सुत्केरीमा झण्डै ज्यान गयो


प्रकाशित मिति :2018-04-10 10:37:02

–सर्मिला बुढाथोकी–

दोलखा । दोलखा विगु गाउँपालिका वडा नम्बर ८ खोपाचागुका कर्णबहादुर थामी आईतवार सधै झैँ मजदुरीका लागि छिमेकीको घरमा पुगेका थिए । विहानै मजदुरीका लागि पुगेका कर्णबहादुरले श्रीमतीलाई बेथा लागेको जानकारी पाए ।

घरमा पुग्दा अत्यधिक रक्तश्रावका कारण श्रीमतीको अवस्था नाजुक बनेको थियो । मुश्किलले श्रीमतीलाई नजिकको स्वास्थ्य चौकी पु¥याईए पनि त्यहाँ सुत्केरी गराउन सम्भव नभएपछि सदरमुकाम चरिकोटस्थित प्रस्तावित चरिकोट अस्पताल पु¥याईयो ।

तस्विरः उपचारमा संलग्न डाक्टर र श्रीमानसंग बुद्धिमाया

अत्यधिक रक्तश्रावका कारण बेहोस अवस्थामा अस्पताल ल्याईएकी सुत्केरी बुद्धिमाया थामीलाई तत्काल ६ पिन्ट रगत दिएर तीन घण्टाको कठिन अप्रेशन गरी बचाईएको प्रस्तावित चरिकोट अस्पतालका डाक्टर विनोद दंगालले बताए । मानिसको शरीरमा ५ लिटर रगत हुनुपर्नेमा अस्पताल ल्याउदा बुद्धिमायाको शरीरमा एक लिटरमात्र रगत रहेकोले तत्काल २ लिटर (६ पिन्ट) रगत दिएर जोखिमका साथ अप्रेशन गरेर उनको ज्यान बचाउन सकिएको डाक्टर दंगालको भनाइ छ ।

विरामीका श्रीमान कर्णबहादुरले चरिकोट अस्पतालले जोखिममा रहेकी श्रीमतीको सफल उपचार गरेकोले आफूलाई निक्कै खुशी लागेको बताए । श्रीमतीलाई रगत दिने नेपाली सेनाका जवान र अस्पतालका कर्मचारी तथा अस्पतालका डाक्टर आफ्नो लागि भगवान सरह रहेको कर्णबहादुरले बताए ।

बुद्धिमायाको पेटमा रहेको बच्चा झण्डै एक हप्ता अघिनै मरिसकेको भए पनि नियमीत चेकजाँच नभएको कारण विरामी र विरामीको अभिभावकले त्यसबारे जानकारी नपाएको र उपचार ढिला भएकोले अत्यधिक रक्तश्राम भै विरामी जोखिममा परेको डाक्टर दंगालले बताए ।

एक हप्ता अघि नै बच्चा पेटमा मरिसकेकोले विरामीको पाठेघरमा समेत क्षति पुगेको र अप्रेशन मार्फत पाठेघर पनि निकालिएको डाक्टर दंगालले बताए । यस्तो समस्या एक लाखमा एक जनालाई हुन्छ डाक्टर दंगालले भने, ‘प्रस्तावित चरिकोट अस्पतालमा अहिलेसम्म तीन जना यस्तै जोखिममा रहेका सुत्केरी महिलाको अप्रेशन गरेर ज्यान बचाउन सकिएको छ । सुत्केरी अवस्थामा नियमित स्वास्थ्य जाँच नगराउने, आईरन चक्की र भिटामीन नियमित सेवन नगर्ने, जथाभावि गह्रुङ्गो काम गर्ने जस्ता कारणले यस्तो समस्या आउने पनि डाक्टर दंगाल बताउछन् ।

विरामी बुद्धिमायाले अत्यधिक रक्तश्राम भएपछि आफूले बाँच्ने आशा मारेको तर आफ्नो श्रीमान, डाक्टर, नेपाली सेना, एम्बुलेन्स चालक र अन्य स्वास्थ्यकर्मीहरुको प्रयासले आफ्नो ज्यान बच्न सकेको बताईन ।

२० वर्षको उमेरमा विवाह गरेकी बुद्धिमायाको उमेर अहिले ४३ बर्ष पुग्यो । अहिले खेर गएको बच्चा बुद्धिमायाको सातौ सन्तान हो । बुद्धिमायाका श्रीमान कर्णबहादुरका अनुसार उनीहरुका पाँच जना छोराछोरी जिवितै छन् । छैठौ र यो सातौ सन्तान भने खेर गयो ।

चेतनाको अभावमा आर्थिक अवस्था कम्जोर भए पनि धेरै सन्तान जन्माएको कर्णबहादुर स्वीकार गर्छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

मुद्दा जितेर पनि पीडामा महिला

– महिला खबर- ललितपुर । एक त अदालतले फैसला गर्नै समय लगाउँदा महिलाहरु पीडित भइरहेका

बलात्कार विरोधी कार्टुन बनाउने पत्रकारलाई धम्की

कार्टुनमा हिन्दु देवता राम र उनकी पत्नी सीताको बीचमा भएको कुराकानी लेखिएको छ । जसमा

छाउपडीः शहरमा अझ बढी

–माया केसी– अहिले उनी स्वयंलाई महिनावारी भएको बेला भान्छामा जान मन मान्दैन । अझ सुत्केरी

३० प्रतिशत कैदी महिलामा मानसिक रोग

-सन्दिप वि.क-  ललितपुर । कर्तव्य ज्यान मुद्दामा केन्द्रीय कारागारमा कैद भोगिरहेकी श्यमकली एकोहोरो टोलाउँछिन् । आफ्नै

बलात्कारको आरोपमा युवक पक्राउ

– महिला खबर ललितपुर । २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: