फोनिजको उपाध्यक्ष हुने देवीका पहिलो महिला


प्रकाशित मिति :2018-04-08 17:36:49

–महिला खबर–

ललितपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को महिला उपाध्यक्षमा देविका घर्ती मगर चयन भएकी छन् । फोनिजको उपाध्यक्ष हुने उनी पहिलो महिला हुन् । यसअघि फोनिजको केन्द्रीय पदाधिकारीमा महिला सचिवको मात्र व्यवस्था थियो ।

देविका घर्ती मगर

महाधिवेशनबाट महिला सचिवको प्रावधान हटाएर विधानमा महिला उपाध्यक्षको प्रावधान राखिएको हो । सोही अनुसार देविका पहिलो महिला उपाध्यक्ष भएकी हुन् ।

२०६३ सालदेखि पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील उनी मोफसलमा रहेर एक दशक बढी पत्रकारिता गरेको अनुभवी व्यक्ति हुन् । हाल थाहाखबर डटकम काठमाडौंमा कार्यरत देविका दाङको सामान्य किसान परिवारबाट पत्रकारिता क्षेत्रमा आएकी हुन् ।

पत्रकारितासँगै विभिन्न संगठनको नेतृत्वमा रहेर समेत काम गरेकी उनी प्रेस चौतारी नेपालको केन्द्रीय सचिव समेत हुन् ।

यस्तै (फोनिज)को छैटौं संघीय महाधिवेशनले डण्ड गुरुङलाई पुनः अध्यक्षमा चयन गरेको छ ।

शनिवार मध्यराती सम्पन्न भएको महाधिवेशनले ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसअनुसार अञ्जना शिल्पाकार सहकोषाध्यक्षमा चयन भएकी छिन । उनी नेपाल टेलिभिजनमा कार्यरत पत्रकार हुन् ।

महाधिवेशनबाट फोनिजको महिला तर्फको केन्द्रीय सदस्यमा सञ्चु ब्लोन तामाङ, सरिता श्रेष्ठ, लक्ष्मी चौधरी, उषा तामाङ, संस्थागत सदस्यतर्फको केन्द्रीय सदस्यमा अनिता गुरुङ, फुर्किमा शेर्पा, अल्पसंख्यकतर्फको सदस्यमा मिला कुमारी दरै, लेखा समितिको सदस्यमा रामकुमारी श्रेष्ठ (रुबी) चयन भएका छन् ।

यसैगरी फोनिजको बरिष्ठ उपाध्यक्षमा गजुरधन राई, खुलातर्फको उपाध्यक्षमा लक्की चौधरी, महासचिवमा मनोज घर्तीमगर चयन भएका छन् ।

यसैगरी मिलन लिम्बु संगठन सचिव, जगत दोङ संस्थागत सचिव, कमन देवान अल्पसंख्यक सचिव, अमरध्वज लामा कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।

30125975_10213437180037226_1760189286_o

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार महिलालाई फुटबल प्रशिक्षण

–महिला खबर– ललितपुर । नेपाल पत्रकार महासंघको महिला समितिले फुटबल प्रतियोगिता गर्ने भएको छ ।

कानून मन्त्रीले माफी मागे (भिडियोसहित)

–महिला खबर– ललितपुर । बंगलादेशमा डाक्टर पढ्न गएका युवतीहरुको विषयमा आफूले बोलेको कुराप्रति कानून, न्याय तथा

महिला सदस्यलाई भैंसीको पाडी

–महिला खबर– वनले विपन्न आर्थिक अवस्थाका महिला उपभोक्ताको आर्थिक उन्नतिका लागि भैंसी उपहार दिएको बताएको छ

एलबीटी भन्छन्, ‘हाम्लाई छिःछि र दूर दूर किन ?’

–महिला खबर– ‘एक त छोरी । त्यसमाथि फरक पहिचान भएकै कारण विभेदमा परेको छौँ’ उनीहरुले भने

दुई पत्रकारसहित सातै प्रदेशका अधिकारकर्मी महिला पुरस्कृत

–महिला खबर– पुरस्कार प्रदान गर्दै महिलामन्त्री थापाले नेपाली महिलाको राजनैतिक क्षेत्रमा सहभागिता बढे पनि सामाजिक र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: