–महिला खबर–
ललितपुर । नइ प्रकाशनले ५ वर्षदेखि १५ वर्ष सम्मका छ जना बालबालिकालाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ दिने निर्णय गरेको छ ।
‘नइ बाल पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा रिहना भट्टराई (बहुआयामिक), एञ्जेलिना न्यौपाने (साहित्य), स्वन्ति श्रेष्ठ (गायन तथा नृत्य) रहेका छन् ।
ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही दस हजार रूपियाँ रहेका छन् ।
यसैगरी नइ कोपिला पुरस्कार नृत्यमा सगुन श्रेष्ठ र गायनमा रुनिषा सुनुवारलाई प्रदान गर्ने निर्णय भएको छ । ताम्रपत्रसहित यी पुरस्कारको राशि जनही सात हजार रूपियाँ छ ।
ताम्रपत्रसहित पाँच हजार रूपियाँ राशिको नइ ‘चिचिला पुरस्कार’ पाँच वर्षीया स्निग्धा देवकोटालाई दिइने भएको छ ।
नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।
शताब्दी पुरुष डा.सत्यमोहन जोशीद्वारा उनको ९९ औं जन्मोत्सवका अवसरमा आगामी वैशाख ३० गते काठमाडौंमा नइ पुस्कारहरु वितरण गरिने नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।
नइ प्रकाशनका २८ पुरस्कारमध्ये यस वर्ष २२ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिभालाई नइ पुरस्कार प्रदान गरिने छ ।
Comment Here!