बुबाबाटै आठ महिनाकी छोरी बलात्कृत


प्रकाशित मिति :2018-04-06 11:51:59

–महिला खबर–

नवलपरासी । सुन्दै आङ जिरिङ्ग हुने । पत्याउनै मुस्किल घटना । तर पनि पत्याउनै पर्ने । सबैभन्दा संरक्षक मानिने बुबाले आठ महिनाकी छोरी बलात्कार गरेको घटनाले फेरी एकपटक हाम्रो समाज कहाँ जादैछ ? भन्ने प्रश्न गर्न बाध्य बनाएको छ ।

नवलपरासीमा आठ महिनाकी छोरी बलात्कार गरेको आरोपमा एक बाबु पक्राउ परेका छन् । बुबा भन्ने बोलीसमेत नफुटेकी छोरी बलात्कार गर्ने बाबुलाई आमाको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरी थुनामा राखेको छ ।

छोरी बलात्कार गरेको जाहेरीका आधारमा प्रहरीले नवलपरासी बर्दघाट सुस्ता पुर्व गैंडाकोट नगरपालिकाका ३० वर्षीय बुबालाई पक्राउ गरेको हो ।

उनले घरमा कोही नभएको बेला ८ महिनाकी छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ । घटना सोमबार भएको र बलात्कार गर्ने बुबालाई प्रहरीले मंगलबार पक्राउ गरी बुधबार मुद्दा दर्ता गरेको हो । पीडित बालिकाकी आमाको जाहेरीका आधारमा प्रहरीले बुबालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक दिवश कुमार जीसीले जानकारी दिए ।

ती बुबा लागुऔषध दुर्व्यसनीमा फसेको प्रहरीको भनाइ छ । उनलाई हाडनाता करणी उद्योग मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य अवस्था नाजुक रहेको र उनको अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

आफ्नै बुबाबाट अबोध बालिका बलात्कृत भई स्वास्थ्य अवस्था नाजुक भएको घटनाले छोरीहरु कसरी र को–कोबाट जोगाउने भन्ने सोच्न बाध्य बनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिलामाथि मानसिक हिंसा धेरै

–महिला खबर– नेपालमा महिलामाथि हुने हिंसाको उजुरीमध्ये सबैभन्दा बढी मानसिक हिंसाका हुने गरेको पाइएको छ

सामूहिक बलात्कारपछि मन्दिरको यज्ञशालामा जिउँदै जलाइयो

भारतको उत्तर प्रदेशस्थित संभल इलाकामा एक महिलालाई सामूहिक बलात्कार पश्चात् जिउँदै जलाएर हत्या गरिएको छ

कमजोर हुँदा हेप्थे, बलियो भएपछि सल्लाह माग्छन्

– ऋषि राई – उदयपुर । एकल महिला आत्मनिर्भर हुन थालेपछि समाजले हेर्ने गलत नजर

जबरजस्ती हुने विवाह रोक्न चम्चा प्रयोग

उनीहरूलाई यात्रा गर्दा ती चम्चाहरू आफ्ना भित्री कपडाहरू जस्तै कट्टुमा लुकाउन पनि सिकाइएको छ ।

फुटवलमा कैलालीको विजय सुरुआत

–महिला खबर– कैलाली । असार २७ गतेदेखी रौतहटमा जारी उपराष्ट्रपती कप महिला राष्ट्रिय फुटवल प्रतियोगितामा कैलालीको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: