रेशम चौधरीले माफी पाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी


प्रकाशित मिति :2018-03-20 13:11:53

–महिला खबर–

ललितपुर । टीकापुर घटनामा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले न्यायालय विरुद्ध घृणा नफैलाउन नेपाल सरकारलाई आग्रह गरेका छन् ।

टीकापुर घटनाका मुख्य योजनाकार आरोपित रेशम चौधरीले माफी पाउन सक्ने समाचार सार्वजनिक भएपछि घटनामा ज्यान गुमाएका सुरक्षाकर्मीका आफन्तले सरकारसँग यस्तो आग्रह गरेका हुन् ।

‘यो हत्या हो । हत्याराले माफी पाउनु हुन्न’ घटनामा ज्यान गुमाएका इनेस्पेक्टर केशव बोहराकी श्रीमती शारदा बोहराले महिला खबरसँग भनिन्, ‘अदालतमा चलिरहेको मुद्दाको निष्पक्ष फैसला होस् । हामी फैसला कुरेर बसेका छौँ । अदालत पुगेको मुद्दामा सरकारको हस्तक्षेप नहोस् ।’

शारदा बोहोरा

बोहोराले अदालतमा चलिरहेको मुद्दा फैसला नभई सरकारले चौधरीलाई माफी दिएको खण्डमा न्यायालय र सरकारप्रति जनताको विश्वास गुम्ने बताइन् । उनले टीकापुर घटनाका मृतकप्रति आम जनताको ठूलो सहानुभूति रहेको भन्दै टीकापुरका जनताको भोट पाउँदैमा रेशम चौधरी निर्दोष साबित नहुने बताइन् ।

‘सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई लठ्ठी, भाला, खुकरी प्रहार गरेर विभत्स तरिकाले हत्या गरिएको छ । यस्तो घटनाका योजनाकारले सरकारबाट माफी पाउँने ?’ हत्या गरिएका इनेस्पेक्टर बलराम विष्टकी १९ वर्षीया छोरी बसन्ती विष्टले प्रश्न गरिन् । उनले रेशम चौधरीले माफी पाउनु भनेको आफ्ना बुबा लगायत निमर्मतापूर्वक हत्या गरिएका सुरक्षाकर्मीमाथि राज्यबाट अन्याय हुनु हो भनिन् ।

शरीरमा भाला रोपेर आगो लगाई मारिएका एसएसपी लक्ष्मण न्यौपानेका दाजु वरिष्ठ अधिवक्ता नैनविनोद न्यौपानेले टीकापुर घटनालाई कुनै पनि हालतमा राजनैतिक मुद्दा बनाउन नहुने भन्दै यदी त्यसो गरिए पीडित परिवार न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जान बाध्य हुने चेतावनी दिए ।

घटनापछि फरार रहेका चौधरीले गएको फागुन १४ गते जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए । चौधरी पुर्पुक्षका लागि कारागार चलान गरिए लगत्तै थुनामा रहेका घटनाका अन्य आरोपितसहित अनसन बसेका थिए । उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि अघिल्लो हप्ता काठमाडौंको वीर अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार वीर अस्पतालमा गृहमन्त्री रामबहादुर थापा बादलले चौधरीलाई जुस पिलाएर अनशन तोडाएका थिए ।

कैलाली घटनाका क्रममा २०७२ भदौ ७ गते टीकापुरमा हिंसा भड्किँदा बोहरालगायत ७ सुरक्षाकर्मी र एक बालकको हत्या भएको थियो । घटनापछि छानबिन गर्दा दोषी देखिएका मुख्य आरोपित चौधरीसहित ५२ जनाविरुद्ध मुद्दा दायर भएको थियो । जसमा २२ जना मात्रै पक्राउ परेका छन् । पक्राउ परेका सबैजना कैलाली जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा छन् । अन्य फरार छन् ।

रेशम चौधरीले भने टीकापुर घटनामा आफ्नो संलग्नता नरहेको र आफू निर्दोष रहेको दावी गरेका गर्दै आएका छन् । उनी राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नम्बर १ बाट २१ हजार मतान्तरले विजयी भएका थिए ।

उनले वारेसमार्फत प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वारी दिएका थिए। निर्वाचनमा विजयी भए पनि चौधरीले प्रमाणपत्र पाएका थिएनन्। उनले वारेसमार्फत् प्रमाणपत्र पाउन अदालत गुहारेका थिए। चौधरीलाई अदालतले निर्दोष भए अदालतमा आउन भनेको थियो। चौधरीको बयानपछि अदालतले पुपर्क्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

–महिला खबर– पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी

उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी

–महिला खबर– ललितपुर । प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

–महिला खबर– ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा

दाईजो माग्दा ७ वर्ष जेल

२२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन

‘करोड भन्दा बढी दाइजो फिर्ता’

–महिला खबर– ललितपुर । धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: