दुई बालिका बलात्कार गर्ने चौधरी पक्राउ


प्रकाशित मिति :2018-03-20 10:37:49

–महिला खबर–

ललितपुर । दुई बालिकालाई बलात्कार गरि फरार रहेका कमल चौधरी पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले पक्राउ गरेको हो ।

नवलपरासी पश्चिम बर्दघाट नगरपालिकाका सात वर्षीया दुई बालिकालाई बलात्कार गरेर फरार रहेका बर्दघाट १६ बस्ने वर्ष ४७ का कमल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चैत्र ३ गते दिउँसो बर्दघाटस्थित मुरलीटार जंगलमा बयर खान गएका दुई ७ वर्षीया दुई बालिकालाई फकाएर बलात्कार गरेपछि चौधरी फरार रहेका थिए ।

चौधरीलाई बर्दघाटस्थित मुरलीटार जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई जबरजस्ती करणीको मुद्दा दर्ता गरि म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहन कुमार खाँडले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बुधबारदेखि लागु भयो मौलिक हक सम्बन्धी कानून

–महिला खबर– ललितपुर । संविधानले ग्यारेन्टी गरेका मौलिक हक सम्वन्धी कानून आज बुधबारदेखि लागू भएको

कुन पापीले हान्यो ६ महिने नाबालकलाई एसिड ?

–महिला खबर– ललितपुर । रौतहटमा एसिड घटना सेलाउन नपाउँदै अछाममा ६ महिने बालकको एसिड प्रहारबाट मृत्यु

संविधान कार्यान्वयनको लागि ऐन बनाइसक्यौं

अहिले हामी यहाँ संंघीय संसदमा प्रदेश, स्थानीय तहका सरकार यी तिनै सरकारहरुले र जनप्रतिनिधिहरुले काम

एसिड प्रकरण : पक्राउ परेका पासवानलाई म्याद थपेर अनुसन्धान

–महिला खबर– ललितपुर । रौतहटमा दुई दिदीबहिनीलाई एसिड हानेको अभियोगमा पक्राउ परेका रामबाबु पासवानलाई प्रहरीले

बलात्कार विरुद्धको हस्ताक्षर मुख्य मन्त्रीलाई बुझाईयो

–अस्मिना पाण्डे– बुटवल । सञ्चारिका समूह लुम्बिनीले बलात्कारको घटना न्यूनिकरण र बलात्कारका दाेषीलाई कारबाहीको लागि सरकारलाई

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: