एक वर्षमा हजार महिला बने उद्यमी


प्रकाशित मिति :2018-03-19 15:36:07

–महिला खबर–

ललितपुर । राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट गत वर्ष एक हजार ४२ जना महिला उद्यमी बनेका छन् । आर्थिक वर्ष २०७३\०७४ मा सञ्चालन भएको राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट एक हजार ४२ महिला उद्यमी बनेको महिला तथा बालबालिका विभागले जनाएको छ ।

विभाग मार्फत मानव विकास सुचांकमा पछि परेका ३० जिल्लामा सञ्चालन गरिएको कार्यक्रमबाट अतिबिपन्न दलित, पिछडा वर्गजनजाति, खस, आर्य तथा मुस्लिम समुदायका महिला प्रत्यक्ष लाभान्वित भएका छन् ।

ती महिलाहरुलाई उद्यमी बनाउनका लागि सिलाई कटाइ, ब्युटि पार्लर, ढाका बुनाई, गलौचा बुनाई, कपडाको ब्याग सिलाई, मोवाइल मर्मत, चुरा बनाउने लगायतका सीपमूलक तालिम प्रदान गरिएको महिला तथा बालबालिका विभाग महिला सशक्तिकरण शाखाकी अधिकृत ममता बिष्टले जानकारी दिइन् ।

३० जिल्लाका महिलालाई उद्यमी बनाउनका लागि ५ करोड ५० लाख खर्च गरिएको थियो । गत वर्षबाट कार्यक्रम सुरु गरिएको हो । यस वर्ष पनि सो कार्यक्रम संचालन गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बुधबारदेखि लागु भयो मौलिक हक सम्बन्धी कानून

–महिला खबर– ललितपुर । संविधानले ग्यारेन्टी गरेका मौलिक हक सम्वन्धी कानून आज बुधबारदेखि लागू भएको

कुन पापीले हान्यो ६ महिने नाबालकलाई एसिड ?

–महिला खबर– ललितपुर । रौतहटमा एसिड घटना सेलाउन नपाउँदै अछाममा ६ महिने बालकको एसिड प्रहारबाट मृत्यु

संविधान कार्यान्वयनको लागि ऐन बनाइसक्यौं

अहिले हामी यहाँ संंघीय संसदमा प्रदेश, स्थानीय तहका सरकार यी तिनै सरकारहरुले र जनप्रतिनिधिहरुले काम

एसिड प्रकरण : पक्राउ परेका पासवानलाई म्याद थपेर अनुसन्धान

–महिला खबर– ललितपुर । रौतहटमा दुई दिदीबहिनीलाई एसिड हानेको अभियोगमा पक्राउ परेका रामबाबु पासवानलाई प्रहरीले

बलात्कार विरुद्धको हस्ताक्षर मुख्य मन्त्रीलाई बुझाईयो

–अस्मिना पाण्डे– बुटवल । सञ्चारिका समूह लुम्बिनीले बलात्कारको घटना न्यूनिकरण र बलात्कारका दाेषीलाई कारबाहीको लागि सरकारलाई

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: