सेवा केन्द्रहरू बन्द नगरियोस्


प्रकाशित मिति :2018-03-19 14:53:53

नेपाल सरकारले हिंसा प्रभावित महिलाका लागि १७ जिल्लामा अल्पकालिन सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । हिंसामा परेका महिलालाई तत्कालको लागि सुरक्षा र आवास सुविधा दिन सञ्चालन भएका ती अल्पकालिन सेवा केन्द्रहरू बन्द हुने स्थितीमा पुगेका छन् । महिला मन्त्रालय र अर्थ मन्त्रालयको समयमै समन्वय नहुँदा बजेट अभावले सेवा केन्द्र बन्द हुने स्थितीमा पुगेका हुन् ।

हिमाल, पहाड र तराई गरि भौगोलिक अवस्थाका आधारमा सेवा केन्द्रहरूमा क्रमशः ८, ७ र ६ लाख रुपैयाँ वार्षिक बजेट महिला बालबालिका मन्त्रालय मार्फत जाने गरेको थियो । चालु आर्थिक वर्षमा त्यो बजेट अर्थ मन्त्रालयले सिधै स्थानीय तहमा पठाइदियो । त्यो पनि सबै स्थानीय तहमा दामासाही रुपमा । अर्थ मन्त्रालय र महिला मन्त्रालयको समन्वय नहुँदा कम्तिमा पनि अल्पकालिन सेवा पाइरहेका हिंसा प्रभावित महिला प्रत्यक्ष मारमा पर्ने देखिएको छ ।

पछिल्लो समय महिलामाथि हत्या, बलात्कार, घरेलु हिंसा, बोक्सी आरोप जस्ता घटना बढ्दै गएका छन् । बलात्कारमा परेका महिला त समाजबाटै विस्थापित हुने गरेका छन् । परिवारको सहयोग नहुँदा हिंसा प्रभावित महिलाले घर छाडेर आश्रय स्थलको सहारामा न्यायको लडाईं लड्नुपर्ने अवस्था छ । १५/२० दिन मात्रै भए पनि सेवा केन्द्रमा बसेर न्यायको लागि पहल गर्न पाउँदा महिला असुरक्षाको जोखिम केही मात्रामा भए पनि कम हुन्छ ।

देशका ७७ जिल्लामै सेवा केन्द्र स्थापना हुनुपर्ने आवाज उठ्दै आएको बेला भएका १७ सेवा केन्द्र पनि बन्द हुने स्थितीमा पुग्नु जतिको बिडम्बना अरु के हुन सक्छ ! त्यसैले दुई मन्त्रालयले जतिसक्दो चाँडो यो समस्या सुल्झाउन लाग्नुपर्छ । स्थानीय तहमा पठाइएको अनुदान रकम फिर्ता लिने वा अर्थ मन्त्रालयले अरु कुनै शिर्षक अन्तर्गतको बजेट सेवा केन्द्रको शिर्षकमा स्थानान्तरण गरेर भए पनि सेवा केन्द्र सहज सञ्चालनको वातावरण बनाउनु पर्छ । राज्यले महिलामाथि अपराध हुन नदिनुपर्नेमा उल्टै आफ्नै परिवार र परपुरुषबाट हिंसामा पर्ने महिलाको अल्पकालिन सुरक्षाका लागि बनाइएका आश्रय स्थल समेत बन्द गर्नु हिंसा प्रभावित महिलामाथिको ठूलो अन्याय हो । यस तर्फ सरकारको तत्काल ध्यान जाओस् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बुधबारदेखि लागु भयो मौलिक हक सम्बन्धी कानून

–महिला खबर– ललितपुर । संविधानले ग्यारेन्टी गरेका मौलिक हक सम्वन्धी कानून आज बुधबारदेखि लागू भएको

कुन पापीले हान्यो ६ महिने नाबालकलाई एसिड ?

–महिला खबर– ललितपुर । रौतहटमा एसिड घटना सेलाउन नपाउँदै अछाममा ६ महिने बालकको एसिड प्रहारबाट मृत्यु

संविधान कार्यान्वयनको लागि ऐन बनाइसक्यौं

अहिले हामी यहाँ संंघीय संसदमा प्रदेश, स्थानीय तहका सरकार यी तिनै सरकारहरुले र जनप्रतिनिधिहरुले काम

एसिड प्रकरण : पक्राउ परेका पासवानलाई म्याद थपेर अनुसन्धान

–महिला खबर– ललितपुर । रौतहटमा दुई दिदीबहिनीलाई एसिड हानेको अभियोगमा पक्राउ परेका रामबाबु पासवानलाई प्रहरीले

बलात्कार विरुद्धको हस्ताक्षर मुख्य मन्त्रीलाई बुझाईयो

–अस्मिना पाण्डे– बुटवल । सञ्चारिका समूह लुम्बिनीले बलात्कारको घटना न्यूनिकरण र बलात्कारका दाेषीलाई कारबाहीको लागि सरकारलाई

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: