बलात्कारको घटना मिलापत्र गराउन खोज्ने वडा अध्यक्षसहित पाँच रिहा


प्रकाशित मिति :2018-03-18 14:44:50

-महिला खबर-

ललितपुर । सुनसरीको इटहरीमा बालिका बलात्कारको घटनालाई मिलापत्र गराउन खोज्ने वडा अध्यक्षसहित पाँच जनालाई सामान्य धरौटीमा रिहा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वडाअध्यक्ष मणीराम श्रेष्ठसहित पाँच जनालाई सामान्य घरौटीमा छाडेको हो । उनीहरुलाई घटना मिलापत्र गराउन भूमिका निर्वाह गरेको भन्दै पक्राउ गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको इजलासले वडा अध्यक्ष श्रेष्ठ, तरुण दलका जिल्ला सभापति सिजन गुरुङ, उपसभापति सन्तोष विक, धरान १५ का मिलन शंकर र रामधुनी नगरपालिका ६ का काठ उद्योग संचालक रोहित सुब्बालाई जनही ५ हजार रुपैयाँ धरौटीमा छोडिएको बताइएको छ । उनीहरु माथि केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइएको थियो ।

प्रशासन कार्यालयका अनुसार वडा अध्यक्षसहित पाँचै जनालाई चैत १४ मा तारेखमा हाजिर हुने गरी छाडेको हो । इलाका प्रहरी कार्यालय इटहरीले ८ जना विरुद्ध पीडित बालिका र उनकी आमालाई डर त्रास देखाई मुद्दाको जाहेरी उजुरी दर्ता नगर्न र रकम लिएर पीडकहरुसँग मिलापत्र गर्न दबाब दिएको आरोपमा केही सार्वजनिक अपराध ऐन, २०२७ अन्र्तगत मुद्दा चलाएको थियो ।

घटनालाई मिलापत्र गराउन खोज्ने विर्तामोड–५ का मदन राई, विर्तामोड–३ का शंकर बस्नेत र सप्तरी कञ्चनरुप नगरपालिका ४ का केवल खत्री यसअघि ५ हजार धरौटीमा छुटेका थिए । वडा अध्यक्षसहित पाँच जना फरार भई ३० दिन म्याद गुजारेर जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका थिए ।

गत पुस १६ गते धरानका जग लिम्बू र विराटनगरका मनिष भनिने जीवन श्रेष्ठले इटहरीको रोयल रिसोर्टमा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । दुवै जना कारागार चलान भएका छन् । पीडित बालिकाको तर्फबाट प्रहरीमा जाहेरी पुगे पनि मिलापत्र गराइएको थियो ।

घटनाको मिलापत्रको बारेमा प्रदेश प्रहरी कार्यालयले धरानस्थित संघीय प्रहरी इकाइ प्रमुख हरि पालको संयोजकत्वमा छानबिन समिति समेत गठन गरेर अनुसन्धानलाई अघि बढाएको थियो ।

घटना ढाकछोप गर्न सुनसरीका एसपी विद्यानन्द माझी र इटहरीका इन्स्पेक्टर चिरञ्जिवि दाहाल संलग्न देखिएको र अन्य ८ जनाले विचौलियाको काम गरेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

प्रतिवेदनकै आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझी, इटहरी इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर चिरञ्जीवी दाहालसहित ३ जना प्रहरीका जुनियर अधिकृतहरु निलम्बनमा परेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

–महिला खबर– पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी

उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी

–महिला खबर– ललितपुर । प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

–महिला खबर– ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा

दाईजो माग्दा ७ वर्ष जेल

२२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन

‘करोड भन्दा बढी दाइजो फिर्ता’

–महिला खबर– ललितपुर । धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: