विद्यालयमा यौन दुर्व्यवहार रोक्न महिला सुरक्षाकर्मी


प्रकाशित मिति :2018-03-14 14:48:34

नयाँ दिल्ली । दिल्ली प्रहरीले शुन्य यौन दुर्व्यवहारका घटनाको सुनिश्चितता गराउनका लागी विद्यालयहरुमा महिला सुरक्षाकर्मी तैनाथ गर्ने योजना बनाएको छ ।

दक्षिण दिल्लीको नगरपालिका निगमले नगरपालिकाको विद्यालयहरुमा महिला सुरक्षाकर्मी तैनाथ गर्ने योजना बनाएको हो ।

दिल्ली सरकारले त्यहाँका सबै विद्यालयहरुलाई तिनीहरुका प्राथमिक तहमा कुनै पनि पुरुषलाई सुरक्षाकर्मी र सरसफाई कामदारको रुपमा नराख्न निर्देशन दिए पश्चात महिला सुरक्षाकर्मी तैनाथ गर्ने योजना बनाएको हो ।

‘हालसालै भएको एक बालिका बलात्कार र एक छात्रको विभत्स हत्याको घटना पछि हाम्रा विद्यालयहरुमा महिला सुरक्षाकर्मी तैनाथ गर्ने प्रस्तावनामा हामी काम गरिरहेका छौं’ एक उच्च प्रहरी अधिकारीले भने ।

नगर प्रशासनले त्यहाँका विद्यालयहरुमा सीसीटिभि क्यामेरा जडानको लागि यसअघिनै बोलपत्र आह्वान गरिसकेको छ । जुन मोबाइल एप मार्फत उच्च अधीकारीबाट अनुगमन गरिनेछ ।

‘सीसीटिभी क्यामेरा जडानको प्रकृया एक महिना भित्र शुरु हुनेछ । साथै हामीले हरेक विद्यालयको सुरक्षाको नेतृत्व गर्न प्रतिरक्षा प्रणालीमा काम गरेका मानीसहरुलाई भर्ना गर्ने प्रस्ताव ल्याएका छौं’ अधीकारीले भने ।

जिल्ला शिक्षा कार्यालयले विद्यालय हातामा विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न उसको ‘सुरक्षा मापदण्ड’ निर्देशिका जारी गरेको छ ।
जसमा १ सय १७ बुँदा छन् । कुनै पनी बुँदाको उलंघनमा शुन्य सहनशिलताको चेतावनी दिइएको छ ।

स्रोत : टाइम्स अफ इण्डिया

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म विधवा भएकै कारण छोरीको बेल विवाह गर्न पाइन’

–महिला खबर संवाद– नेपालमा अधिकांश एकल महिलाले श्रीमानको मृत्युपछि परिवार र समाजको लाञ्छना भोग्नुपरेको छ ।

गोपनीयताको गन्जागोल

हरेक व्यक्तिलाई आफ्नो निजी मामिलामा कसैको जबर्जस्ती हस्तक्षेपबाट निश्चित हदसम्म प्रतिरोध गर्ने अधिकार भएको कुरालाई

कमजोर हुनुहुन्न तपाईं, यसरी ठेगान लगाउनुस् हमला गर्नेलाई(फोटोफिचर)

–महिला खबर– ललितपुर । श्रीमती कुट्ने मध्ये अधिकांश श्रीमानले मदिरा सेवन पश्चात श्रीमतीलाई कुटपिट गर्ने गरेका

गल्ती श्रीमानको, सजाय श्रीमतीलाई

- मेनुका ढुंगाना- अछाम । बिना गल्ती एचआइभी संक्रमित भएकै कारण परिवार र समाजबाटै पाइएको भेदभाव

बोक्सी भन्दै पन्यूले डाम्ने पक्राउ

-महिला खबर- ललितपुर । रामेछापको लिखु तामाकोसी गाउँपालिका १ की बिरामी महिलालाई बोक्सी लागेको भन्दै पून्यू

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: