बढ्दो महिला हिंसा रोक्न माग


प्रकाशित मिति :2018-03-14 12:48:26

–महिला खबर–
ललितपुर । पछिल्लो समय महिलामाथि हुने हिंसाका घटना बढ्दो रहेको महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीले जनाएको छ ।
कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/०७४ मा काठमाडौंमा २ सय ३८ वटा महिला हिंसाका घटना उजुरी परेका थिए । जुन आर्थिक वर्ष ०७२/७३ ले भन्दा ४४ वटाले बढी हो ।

चालु आर्थिक वर्षको ८ महिनामा एक सय ३५ वटा महिला हिंसाका घटना प्रहरीमा उजुरी परेका छन् । असार मसान्तसम्म यो तथ्याङ्क अझ बढ्ने देखिन्छ । आव ०७३/७४ मा मानव बेचबिखन तथा ओसारपोसारका ५१ वटा घटना भएका थिए भने ०७२/७३ मा १५ वटा ०७४/७५ मा १३ वटा घटना प्रहरीमा उजुरी भयो । ०७३/७४ मा बहुविवाहका ४०, बालबिबाहका १, जबरजस्ती करणीका एक सय १ सय १४, जबरजस्ती करणी उद्योगका २९ र घरेलु हिंसाका ३ वटा उजुरी दर्ता भएको कार्यालयले जनाएको छ ।

यस्तै ०७२/७३ मा बहुविवाहका ३६, जबरजस्ती करणीका ८३, जबरजस्ती करणी उद्योगका २५ र घरेलु हिंसाका ३५ वटा उजुरी दर्ता भएका थिए । ०७४/७५ मा बहुविवाहका २६, बालबिबाहका १, जबरजस्ती करणीका ३९, जबरजस्ती करणी उद्योगका १४ र घरेलु हिंसाका १२ वटा उजुरी परेको कार्यालयकी निमित्त प्रमुख निर्मला ओझाले बताइन् ।

उनले भनिन्, ‘पछिल्लो समय महिलामाथि हुने हिंसा बढेको देखिन्छ । महिलामाथि हुने हिंसामा बढी श्रीमानबाट पीडित भएका घटना धेरै छन् ।’ उनले चालु आवको अन्त्यसम्म हिंसाको घटना उल्लेख्य रुपमा बढ्न सक्ने बताइन् ।

हिंसा रोक्न माग गर्दै ज्ञापनपत्र

महिलामाथिको हिंसा निरन्तर बढ्दै गएकोले अन्तरपार्टी महिला सञ्जालका महिलाहरुले महिलामाथि हुने हिंसा रोक्न गृहमन्त्रीलाई ध्यानकर्षण गराएका छन् ।

सञ्जालले मंगलबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै पर्सामा आठ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना, कैलालीमा युवतीलाई बोक्सीको आरोपमा गरिएको दुर्व्यवहार, धनुषामा बाबुबाट छोरीको हत्यालगायतका घटनाले स्तब्ध बनाएको भन्दै घटनाका दोषीलाई कारबाहीको माग गरेको छ ।

ज्ञापनपत्रमा यस्ता घटना दोहोरिन नदिन सरकारले कडा कदम चाल्नुपर्नेमा आग्रह गरिएको छ । सञ्जालले बलात्कारको घटनामा विद्यमान कानूनलाई संशोधन गरी कडा बनाउनुपर्ने मागसमेत गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले महिलामाथिको हिंसाबारे मन्त्रालय गम्भीर रहेको भन्दै दोषीलाई उन्मुक्ति नदिइने बताए । उनले दोषीलाई कारबाहीका लागि मन्त्रालयले निर्देशन दिइसकेको भन्दै अधिकांश दोषीलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रियासमेत अगाडि बढाइसकेको बताए ।

महिला हिंसाविरुद्ध मन्त्रालयले शुरु गरेको अभियानमा हातेमालो गरेर अघि बढ्ने समेत गृहमन्त्री थापाले सञ्जाललाई आग्रह गरे । सञ्जालकी उपाध्यक्ष पुष्पा ठाकुरको नेतृत्वमा गएको टोलीले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म विधवा भएकै कारण छोरीको बेल विवाह गर्न पाइन’

–महिला खबर संवाद– नेपालमा अधिकांश एकल महिलाले श्रीमानको मृत्युपछि परिवार र समाजको लाञ्छना भोग्नुपरेको छ ।

गोपनीयताको गन्जागोल

हरेक व्यक्तिलाई आफ्नो निजी मामिलामा कसैको जबर्जस्ती हस्तक्षेपबाट निश्चित हदसम्म प्रतिरोध गर्ने अधिकार भएको कुरालाई

कमजोर हुनुहुन्न तपाईं, यसरी ठेगान लगाउनुस् हमला गर्नेलाई(फोटोफिचर)

–महिला खबर– ललितपुर । श्रीमती कुट्ने मध्ये अधिकांश श्रीमानले मदिरा सेवन पश्चात श्रीमतीलाई कुटपिट गर्ने गरेका

गल्ती श्रीमानको, सजाय श्रीमतीलाई

- मेनुका ढुंगाना- अछाम । बिना गल्ती एचआइभी संक्रमित भएकै कारण परिवार र समाजबाटै पाइएको भेदभाव

बोक्सी भन्दै पन्यूले डाम्ने पक्राउ

-महिला खबर- ललितपुर । रामेछापको लिखु तामाकोसी गाउँपालिका १ की बिरामी महिलालाई बोक्सी लागेको भन्दै पून्यू

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: