‘विशिष्ट योगदान पुर्‍याएका महिलालाई प्रोत्साहित गर्छु’


प्रकाशित मिति :2018-03-13 17:20:22

–महिला खबर–

ललितपुर । श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका महिलालाई सरकारले केही गर्न नसकेको बताएकी छिन् ।

सांस्कृतिक संग्रहालय नेपालले नेपाल कला परिषदमा आयोजना गरेको ‘नेपालका विशिष्ट महिला’को तस्वीर अवलोकन गर्न पुगेकी मन्त्री थापाले आफ्नो कार्यकालमा यस्ता व्यक्तिलाई प्रोत्साहित गर्ने बताइन् ।

यस्तै उनले महिलाको अधिकारलाई सुरक्षित गर्न आइपरेका जटिलता हटाउन लागि पर्ने बताइन् । महिला हिंसामा संलग्न व्यक्तिलाई कडा कारबाही गरी उनीहरुको अधिकार सुरक्षित गर्ने मन्त्री थापाले प्रतिवद्धता जनाइन् ।

राज्य निर्माणमा महिलाको महत्वपूर्ण भूमिका रहेको भन्दै मन्त्री थापाले भनिन्, ‘सबै विशिष्ट महिलाको तस्वीरलाई एक ठाउँमा ल्याएर संग्राहालयले राम्रो काम गरेको छ ।’ मन्त्री थापाले महिला हरेक क्षेत्रमा सक्षम छन् भन्नेमा प्रदर्शनीले सन्देश दिएको समेत बताइन् ।

पाँच सय जनाले अवलोकन
फागुन २४ गतेबाट शुरु भएको प्रदर्शनीमा पाँच दिनमा ५२ सयभन्दा बढीले अवलोकन गरेका छन् ।   मंगलबार मात्रै पाँच सयले अवलोकन गरेकाे आयोजकले जनाएको छ । प्रदर्शनीमा नेपालको सामाजिक, राजनीतिक, आर्थिक रुपान्तरणमा विशेष योगदान दिने महिलाको फोटो राखिएको छ । साँस्कृतिक संग्रहालय नेपालको फोटो प्रदर्शनीमा नेपालका २ सय भन्दाबढी विशिष्ट, प्रथम र साहसिक महिलाहरूको फोटो राखिएको अध्यक्ष क्षितिज अरुण श्रेष्ठले जानकारी दिए ।

विशिष्ट महिलाहरूको तस्विर, दस्तावेज, र वस्तुहरूको संकलन तथा संरक्षण गर्ने, विशिष्ट महिलाहरूको प्रतिमा र विशेष दिर्घाहरू स्थापना गर्ने, संकलित फोटो तथा दस्तावेजहरूको सचित्र पुस्तक प्रकाशन गर्ने, जनमानसमा महिलाको सम्मानका लागि सचेतना जागृत गराउने लगायत उद्देश्यले फोटो प्रदर्शनी राखिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।  फोटो प्रदर्शनी भोली(बुधबार)सम्म चल्नेछ । यस्तै प्रदर्शनीको मिडिया पार्टनर महिलाखबर रहेको छ ।

यो पनि हेर्नुहोस्

तस्विरमा इतिहास रचेका महिला

    Comment Here!

Related NEWS
मुख्य खबर

लोग्ने मान्छे

–रेनुका कार्की– बजारमा बिक्ने भइस् हजारमा साँटिने भइस्, थुइक्क ! तँ जस्ता निर्दयी लोग्ने मान्छे ।

फेसबुकमा अस्लील फोटो राखेर धम्काउने पक्राउ

नवलपरासी । फेसबुक प्रोफाईलमा महिलाको तस्वीर राखेर अश्लिल फोटो पोष्ट गर्दै धम्काउने एक युवालाई नवलपरासी

बलात्कारको अभियोगमा पक्राउ

–महिला खबर– ललितपुर । बाग्मती गाउँपालिका–६ स्याउले थुम्काका एक युवालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको छ

यौन हिंसा पीडित खेलाडीलाई क्षतिपूर्ति

ललितपुर । अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: