समाचार प्रभाव : बलात्कृत बालिकालाई रक्षा नेपालको सहयोग


प्रकाशित मिति :2018-03-13 16:36:21

–महिला खबर–

ललितपुर । बलात्कार पछि गर्भवती भएकी सिन्धुपाल्चोककी एक बालिकालाई रक्षा नेपालले सहयोग गरेको छ । बालिकाको अवस्थाबारे महिलाखबरमा समाचार प्रकाशित भएपछि रक्षा नेपाल नामको संस्थाले बालिकालाई सहयोग गरेको होे ।

रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले महिला खबरसँग कुराकानी गर्दै भनिन्, ‘हामी उनलाई पुर्नस्थापना गृहमा राख्न र उनको न्यायको लागि सहयोग गर्न तयार छौं ।’

कक्षा ८ पढिरहेकी बालिकालाई थप पढाइमा पनि सहयोग गर्ने उनले बताईन् । महिला खबरले बलात्कृत बालिकाकी आमाको भनाइः ‘मलाई पैसा होइन, न्याय चाहियो’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।

गएको मंसिर महिनाको २२ गते स्थानीय शंखलाल तामाङले बालिकालाई बलात्कार गरेको भएपनि धम्कीका कारण बालिकाले घटना लुकाएकी थिईन् । १३ वर्षीया बालिका गर्भवती भएपछि परिवारले थाहा पाएको उनकी आमाले बताएकी थिईन् ।

जिल्ला प्रहरी कार्यालय चौतारामा पीडित पक्षले किटानी जाहेरी दिइसकेका छन् । यद्यपि, प्रहरीले आरोपीलाई अहिलेसम्म पक्राउ गरेको छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लोग्ने मान्छे

–रेनुका कार्की– बजारमा बिक्ने भइस् हजारमा साँटिने भइस्, थुइक्क ! तँ जस्ता निर्दयी लोग्ने मान्छे ।

फेसबुकमा अस्लील फोटो राखेर धम्काउने पक्राउ

नवलपरासी । फेसबुक प्रोफाईलमा महिलाको तस्वीर राखेर अश्लिल फोटो पोष्ट गर्दै धम्काउने एक युवालाई नवलपरासी

बलात्कारको अभियोगमा पक्राउ

–महिला खबर– ललितपुर । बाग्मती गाउँपालिका–६ स्याउले थुम्काका एक युवालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको छ

यौन हिंसा पीडित खेलाडीलाई क्षतिपूर्ति

ललितपुर । अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: