दुर्घटनाग्रस्त युएस बंगला विमानमा ३४ महिला, बालबालिका


प्रकाशित मिति :2018-03-12 16:44:49

–महिला खबर–

ललितपुर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको युएस बंगलाको जहाजमा सवार ३४ जना महिला तथा बालबालिका रहेको खुलेको छ ।

सेतोपाटी डटकमले विमानस्थल स्रोतलाई उल्लेख गर्दै लेखेको समाचार अनुसार जहाजमा सवार ७१ जना मध्ये ३४ जना महिला बालबालिका रहेको जनाइएको हो ।

यद्यपी, विमानस्थलले जारी गरेको विज्ञप्तिमा ६७ यात्रु र ४ जना चालक दल रहेको उल्लेख गरेपनि महिला बालबालिकाको संख्या खुलाइएको छैन ।

अहिले दुर्घटना ग्रस्त स्थलमा उद्दारकार्य जारी छ । घाइते र मृतकको संख्या यकिन नभएको नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले बताए ।

<

p style=”text-align: justify;”>घाइतेहरुको उद्दार गरि काठमाडौंको विभिन्न अस्पतालमा उपचारको लागि लगिएको प्रवक्ता नेउपानेले बताएका छन् । घाइतेको काठमाडौंको नर्भिक अस्पताल थापाथली, मेडिकल कलेज (केएमसी) सिनामंगल लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

विज्ञप्ति हेर्नुहोस्

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म विधवा भएकै कारण छोरीको बेल विवाह गर्न पाइन’

–महिला खबर संवाद– नेपालमा अधिकांश एकल महिलाले श्रीमानको मृत्युपछि परिवार र समाजको लाञ्छना भोग्नुपरेको छ ।

गोपनीयताको गन्जागोल

हरेक व्यक्तिलाई आफ्नो निजी मामिलामा कसैको जबर्जस्ती हस्तक्षेपबाट निश्चित हदसम्म प्रतिरोध गर्ने अधिकार भएको कुरालाई

कमजोर हुनुहुन्न तपाईं, यसरी ठेगान लगाउनुस् हमला गर्नेलाई(फोटोफिचर)

–महिला खबर– ललितपुर । श्रीमती कुट्ने मध्ये अधिकांश श्रीमानले मदिरा सेवन पश्चात श्रीमतीलाई कुटपिट गर्ने गरेका

गल्ती श्रीमानको, सजाय श्रीमतीलाई

- मेनुका ढुंगाना- अछाम । बिना गल्ती एचआइभी संक्रमित भएकै कारण परिवार र समाजबाटै पाइएको भेदभाव

बोक्सी भन्दै पन्यूले डाम्ने पक्राउ

-महिला खबर- ललितपुर । रामेछापको लिखु तामाकोसी गाउँपालिका १ की बिरामी महिलालाई बोक्सी लागेको भन्दै पून्यू

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: