कैलाली ‘बोक्सी’ काण्ड : उजुरी नलिने सई निलम्बित


प्रकाशित मिति :2018-03-11 16:29:45

-महिला खबर-

ललितपुर । कैलालीमा बोक्सीको आरोपमा भएको कुटपिट घटनाको जाहेरी लिन नमान्ने ईलाका प्रहरी कार्यालय सुख्खडका सई निलम्बनमा परेका छन् ।

ईलाका प्रहरी कार्यालय सुख्खडका निमित्त इन्चार्ज सई दिनेश बिष्ट निलम्बनमा परेका हुन् । घटनाको उजुरी दर्ता गर्नुको साटो मिलापत्र गराएर पठाएको खुलेपछि प्रहरी प्रधान कार्यालयले उनलाई आईतबार निलम्बन गरेको हो ।

बिष्ट निलम्बनमा परेको जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रहरी नायव उपरिक्षक सागर बोहोराले महिला खबरलाई जानकारी दिए ।
घटनाका दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय सुख्खडमा पीडित युवतीका आफन्तले प्रहरीमा उजुरी दिन जाँदा उनले उजुरी लिन मानेका थिएनन् ।

‘घटनाका मुख्य अभियुक्त धामी भनिएका रामबहादुर चौधरी र उनकी प्रेमिका किस्मती चौधरी पक्राउ परेका छन् । ‘उनीहरूबारे थप अनुसन्धान हुँदैछ’ प्रहरी नायव उपरीक्षक बोहोराले भने । बोक्सीको आरोपमा कुटपिट गर्ने रामबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेर बिहीबार नै छाडेको थियो ।

आरोपीलाई छाडेपछि प्रहरीको चौतर्फी आलोचना हुन थालेपछि प्रहरीले रामबहादुरलाई फेरि पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । भने किस्मतीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

घटनाका मुख्य दोषी रामबहादुरलाई छुटाउन घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद प्रसाद चौधरी नै प्रहरी कार्यालय गएका थिए । उनलाई पनि नेकपा एमालेले कारबाही गरेको छ ।

बिहिबार कैलालीको घोडाघोडी नगरपालिका–५ स्थित देउकलीकी २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म विधवा भएकै कारण छोरीको बेल विवाह गर्न पाइन’

–महिला खबर संवाद– नेपालमा अधिकांश एकल महिलाले श्रीमानको मृत्युपछि परिवार र समाजको लाञ्छना भोग्नुपरेको छ ।

गोपनीयताको गन्जागोल

हरेक व्यक्तिलाई आफ्नो निजी मामिलामा कसैको जबर्जस्ती हस्तक्षेपबाट निश्चित हदसम्म प्रतिरोध गर्ने अधिकार भएको कुरालाई

कमजोर हुनुहुन्न तपाईं, यसरी ठेगान लगाउनुस् हमला गर्नेलाई(फोटोफिचर)

–महिला खबर– ललितपुर । श्रीमती कुट्ने मध्ये अधिकांश श्रीमानले मदिरा सेवन पश्चात श्रीमतीलाई कुटपिट गर्ने गरेका

गल्ती श्रीमानको, सजाय श्रीमतीलाई

- मेनुका ढुंगाना- अछाम । बिना गल्ती एचआइभी संक्रमित भएकै कारण परिवार र समाजबाटै पाइएको भेदभाव

बोक्सी भन्दै पन्यूले डाम्ने पक्राउ

-महिला खबर- ललितपुर । रामेछापको लिखु तामाकोसी गाउँपालिका १ की बिरामी महिलालाई बोक्सी लागेको भन्दै पून्यू

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: