महिलाले बनाए विभेदविरुद्धको योजना


प्रकाशित मिति :2018-03-09 11:06:30

-वसन्तप्रताप सिंह-

बझाङ — थलारा गाउँपालिकालाई पाँच वर्षभित्र विभिन्न प्रकारका विभेदबाट मुक्त गर्न महिलाले योजना बनाएका छन् । गाउँपालिकाका निर्वाचित सबै महिला जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षिका, विभिन्न उपभोक्ता समिति तथा संघसंस्थाका महिला पदाधिकारी र योजना निर्माणमा दखल अगुवा महिला मिलेर योजना बनाएका हुन् ।

गाउँपालिकाभित्रका विभिन्न क्षेत्रका ४५ जना महिलाले ३ दिन लगाएर ५ वर्षका लागि योजना तयार गरेका हुन् । महिलामाथि घरभित्र हुने हिंसा र विभेद, कृषि क्षेत्रमा महिलाको सम्मानपूर्वक सहभागिता, नेतृत्वमा महिलाको क्षमता विकास तथा सामाजिक कुरीतिको अन्त्य गर्नका लागि गाउँपालिकाले कार्यान्वयन गर्ने गरी योजना बनाइएको कार्यपालिका सदस्य रेखा खड्काले बताइन् । यस्तै महिलालाई आर्थिक रूपमा सशक्त बनाउन र सार्वजनिक सेवासुविधामा उनीहरूको पहुँच वृद्धि गर्नका लागि पनि विभिन्न योजना तय गरिएकोखड्काको भनाइ छ । लामो समयदेखि लैंगिक विकासका लागि भनेर लक्षित वर्गको बजेट खर्च हुने गरेको भए पनि लक्षित वर्गले कुनै लाभ पाउन नसकेको र विभिन्न खाले विभेद यथावत् नै रहेकाले आफ्ना लागि आफैं योजना निर्माण गरेको महिला सदस्य हर्कुदेवी सायरले बताइन् ।

‘छाउपडी प्रथा कायमै छ । महिला हिंसामा कुनै कमी आएको छैन,’ सायरले भनिन् । महिला आफैंले योजना निर्माणमा सहभागी नभएका कारण ठूलो मात्रामा रकम खर्च भएको भए पनि विभेद घट्न नसकेकाले नयाँ ढंगले योजना तर्जुमा गरिएको उनले बताइन् । लक्षित वर्गको नाममा आएको रकम विद्यालय र बाटोघाटो निर्माणमा खर्च गर्दा महिलाको अवस्थामा सुधार नआएको उनको दाबी थियो । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सामाजिक तथा संस्थागत विकास विज्ञ राजु तिरुवालाई स्रोत व्यक्तिका रूपमा आमन्त्रण गरेर ५ वर्षभित्र सबै खालका विभेदको अन्त्य र महिलालाई आत्मनिर्भर हुने खालका कार्यक्रम लागू गर्नका लागि योजना निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष गंगुदेवी खडायतले बताइन् । उनले भनिन्, ‘अब महिलाको बजेट वितरण गर्ने क्रममा पहिलाको जस्तो विवाद हुने छैन ।

गाउँपालिका अध्यक्ष भूवनेश्वर उपाध्यायले महिलाको समूहले सामाजिक अवस्था विश्लेषण गर्दै निकै ठूलो मिहिनेतका साथ योजना तजुर्मा गरेको बताउँदै महिला विभेद अन्त्य र सशक्तीकरणका लागि योजनाको पूर्ण कार्यान्वयन गर्न गाउँपालिका तयार रहेको बताए ।

योजनामा छाउपडी प्रथा अन्त्य गर्नका लागि अभियान सञ्चालन गर्ने, विभेद र हिंसा मुक्त घर, टोल र गाउँ घोषणा गर्ने, प्रत्येक टोलमा हिंसा र विभेदविरुद्ध काम गर्ने अभियन्ता तयार गर्ने जस्ता कार्यक्रम राखिएको अध्यक्ष उपाध्यायले बताए । यस्तै महिला लक्षित सीप तथा क्षमता विकास, आयआर्जन कार्यक्रम सञ्चालन गर्ने, लोकसेवा तयारी कक्षा स्थानीय तहमा सञ्चालन गर्ने, उच्च शिक्षा अध्ययनको वातावरण मिलाउनेलगायतका थुप्रै कार्यक्रम तर्जुमा गरिएको उनले बताए ।

साभार : कान्तिपुर

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म विधवा भएकै कारण छोरीको बेल विवाह गर्न पाइन’

–महिला खबर संवाद– नेपालमा अधिकांश एकल महिलाले श्रीमानको मृत्युपछि परिवार र समाजको लाञ्छना भोग्नुपरेको छ ।

गोपनीयताको गन्जागोल

हरेक व्यक्तिलाई आफ्नो निजी मामिलामा कसैको जबर्जस्ती हस्तक्षेपबाट निश्चित हदसम्म प्रतिरोध गर्ने अधिकार भएको कुरालाई

कमजोर हुनुहुन्न तपाईं, यसरी ठेगान लगाउनुस् हमला गर्नेलाई(फोटोफिचर)

–महिला खबर– ललितपुर । श्रीमती कुट्ने मध्ये अधिकांश श्रीमानले मदिरा सेवन पश्चात श्रीमतीलाई कुटपिट गर्ने गरेका

गल्ती श्रीमानको, सजाय श्रीमतीलाई

- मेनुका ढुंगाना- अछाम । बिना गल्ती एचआइभी संक्रमित भएकै कारण परिवार र समाजबाटै पाइएको भेदभाव

बोक्सी भन्दै पन्यूले डाम्ने पक्राउ

-महिला खबर- ललितपुर । रामेछापको लिखु तामाकोसी गाउँपालिका १ की बिरामी महिलालाई बोक्सी लागेको भन्दै पून्यू

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: