अध्यक्षको कलमबाट……..


सन्दर्भः अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

प्रकाशित मिति :2018-03-08 15:45:22

आज १ सय ८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । महिलाहरूले समान कामको समान ज्यालाको लागि आन्दोलनको उद्घोष गरेको दिन । सन् १९९७ देखि आजसम्म आइपुग्दा महिलाका अवस्था फेरिएका छन् । आन्दोलनका तरिका बदलिएका छन् । तर, पूर्णरुपमा लैंगिक समानता स्थापित भइसकेको छैन ।

निर्मला शर्मा

अझ पनि हामी समानताको लडाईंमा नै छौं । राजनीतिक, सामाजिक, आर्थिक उत्थानको लागि महिलाहरूले अझै थुप्रै संघर्ष गर्नुपर्ने छ ।

यद्यपि, नेपालमा बदलिँदो देशको संघीय स्वरुपसँगै महिलाका लागि केही अवसर पनि आएका छन् । स्थानीय तहमा आरक्षणबाट नै भए पनि कम्तिमा ४० प्रतिशत महिला सहभागिता छ । प्रदेशसभामा पनि महिलाले सहभागिता आशालाग्दो छ ।  संघीय संसदमा ३३ प्रतिशत महिलाको सहभागिता छ ।

सहभागिताको दृष्टिले विश्लेषण गर्दा नेपालजस्तो देशको लागि पनि यो उपलब्धीमूलक मान्न सकिन्छ । तर, अझ कार्यकारी हैसियतमा रहेका स्थानीय कार्यपालिका, प्रदेश कार्यपालिका, केन्द्रीय सरकारमा महिलाको सहभागिता अत्यन्त न्यून छ ।

उदाहरण हेरौं, सरकारको मन्त्री मण्डलमा एक मात्रै महिला छन् । प्रदेश सरकारका सभामुख महिला भएनन्, बनाइएन । प्रदेश सरकारमा पनि मुस्किलले एक वा दुई जना मात्रै महिला छन् ।

यसको अर्थ– प्रत्यक्ष स्रोत कार्यकारी पदमा महिलाको उपस्थिती स्वीकारिएको देखिएन । महिलाको कार्यकारी हैसियत अझ कमजोर नै छ ।

महिलाको सामाजिक सुरक्षा निकै कमजोर भएका पछिल्ला घटनाहरूले देखाइरहेका छन् । सार्वजनिक स्थल त परको कुरा घरभित्रै महिला सुरक्षित छैनन् । हत्या, बलात्कार जस्ता जघन्य प्रकारका हिंसाको जोखिममा महिला तथा बालबालिका छन् ।

आर्थिक रुपमा संविधान र कानूनतः पाएका अधिकारहरू कार्यान्वयन भएका छैनन् । आफ्नै बाबुसँग अंश लिन अदालत धाउनुपर्ने अवस्था छ । अदालतले कागजमा गरिदिएको महिला पक्षीय फैसलाहरू कार्यान्वयन भएका छैनन् । महिलाले महसुस गर्ने गरी न्यायको अनूभूती गर्न नपाएका तथ्य हाम्रो सामु जगजाहेर नै छ ।

त्यसैले, कानून बनाउने स्तरमा पुगेका प्रदेश र संघका सांसद महिलाहरू चनाखो हुनुपर्ने समय यहि हो । कानून निर्माणका क्रममा उनीहरूले आफ्नो बलिया तर्कले महिलाको स्थिती विश्लेषण गरी कानूनी रुपमा अधिकार स्थापित गर्ने समय अब आएको छ ।

देशको संघीय शासन सञ्चालनको यो सुरुआती अवस्थामा महिलाले देखाएको भूमिका भविष्यको लागि नजिर बन्न सक्छ ।

आज ‘आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण, ग्रामिण तथा सहरी महिलाको जीवनस्तर रुपान्तरण’ नाराका साथ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा महिलाको साँचो अर्थमा जीवनको रुपान्तरण खोज्नुपर्छ ।

यो दिन दिवस मनाउनका लागि मात्रै नभएर महिलाको जीवनस्तरको उन्नती, न्यायको अनुभूती र अधिकारको कार्यान्वयनको महत्वपूर्ण दिन बनोस् ।

श्रमिक महिला दिवसको शुभकामना !

निर्मला शर्मा, अध्यक्ष, संचारिका समूह

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म विधवा भएकै कारण छोरीको बेल विवाह गर्न पाइन’

–महिला खबर संवाद– नेपालमा अधिकांश एकल महिलाले श्रीमानको मृत्युपछि परिवार र समाजको लाञ्छना भोग्नुपरेको छ ।

गोपनीयताको गन्जागोल

हरेक व्यक्तिलाई आफ्नो निजी मामिलामा कसैको जबर्जस्ती हस्तक्षेपबाट निश्चित हदसम्म प्रतिरोध गर्ने अधिकार भएको कुरालाई

कमजोर हुनुहुन्न तपाईं, यसरी ठेगान लगाउनुस् हमला गर्नेलाई(फोटोफिचर)

–महिला खबर– ललितपुर । श्रीमती कुट्ने मध्ये अधिकांश श्रीमानले मदिरा सेवन पश्चात श्रीमतीलाई कुटपिट गर्ने गरेका

गल्ती श्रीमानको, सजाय श्रीमतीलाई

- मेनुका ढुंगाना- अछाम । बिना गल्ती एचआइभी संक्रमित भएकै कारण परिवार र समाजबाटै पाइएको भेदभाव

बोक्सी भन्दै पन्यूले डाम्ने पक्राउ

-महिला खबर- ललितपुर । रामेछापको लिखु तामाकोसी गाउँपालिका १ की बिरामी महिलालाई बोक्सी लागेको भन्दै पून्यू

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: