महिलाको महत्वपूर्ण समय प्रजननमा


प्रकाशित मिति :2018-03-07 16:46:38

–महिला खबर–

काठमाडौं । जीवनको महत्वपूर्ण समय प्रजननमा खर्च गर्ने महिलाहरूले त्यसको सट्टामा भने लाञ्छना, बहिष्करण र पूर्वाग्रहको सिकार हुनुपर्ने बताइएको छ ।

महिला, कानुन र विकास मञ्च (एफडब्लूएलडी) ले १०८ औं अन्तर्राष्ट्रिम श्रमिक महिला दिवसको उपलक्ष्यमा आज काठमाडौंमा आयोजना गरेको ‘प्रजनन स्वास्थ्य अधिकार, महिलाको संवैधानिक मौलिक अधिकार’ विषयक कार्यक्रममा यस्तो बताइएको हो ।

कार्यक्रममा एफडब्लूएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले महिलाको अधिकारलाई कसैले पनि हस्तक्षेप गर्न नपाउने बताए । उनले ऐन तथा कानुनले महिलाको प्रजनन स्वास्थ्यको अधिकारलाई स्पष्ट तोकेको भए पनि नेपालमा प्रजनन स्वास्थ्यका विषयमा महिला तथा पुरुषबिचमा विभेद रहेको बताए ।

‘महिलाको आफ्नै स्वास्थ्यमाथि निर्णय छैन । स्वायत्तता छैन’ अधिवक्ता श्रेष्ठले भने, ‘महिलाहरू तबसम्म स्वतन्त्र हुदैनन्, जबसम्म उनीहरूको आफ्नो शरीरमाथि नियन्त्रण हुदैन ।’

कार्यक्रममा प्रजनन स्वास्थ्य आत्मनिर्णयको अधिकार भएकोले आफ्नो शरीरको पूर्ण अधिकार, मानविय मर्यादा सहित गोपनियताको अधिकार, आफ्नो सन्तानको संख्या र जन्मान्तर निर्धारण गर्ने अधिकार, महिलाको यौन र प्रजनन चक्रलाई प्रभाव पार्ने सवै किसिमका हिंसा र जबरजस्ती विरुद्धको अधिकार लगायतका विषयहरूलाई जनाउने बताइयो ।

प्रजनन स्वास्थ्य अधिकार नेपालको संविधानद्वारा स्थापित मौलिक हक हुनुका साथै सर्वोच्च अदालतको फैसलाहरूद्वारा विकसित मान्यता र विधिशास्त्रको माग समेत भएकोले महिलाहरूलाई त्यसको पूर्णधिकार भएकोमा जोड दिइयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म विधवा भएकै कारण छोरीको बेल विवाह गर्न पाइन’

–महिला खबर संवाद– नेपालमा अधिकांश एकल महिलाले श्रीमानको मृत्युपछि परिवार र समाजको लाञ्छना भोग्नुपरेको छ ।

गोपनीयताको गन्जागोल

हरेक व्यक्तिलाई आफ्नो निजी मामिलामा कसैको जबर्जस्ती हस्तक्षेपबाट निश्चित हदसम्म प्रतिरोध गर्ने अधिकार भएको कुरालाई

कमजोर हुनुहुन्न तपाईं, यसरी ठेगान लगाउनुस् हमला गर्नेलाई(फोटोफिचर)

–महिला खबर– ललितपुर । श्रीमती कुट्ने मध्ये अधिकांश श्रीमानले मदिरा सेवन पश्चात श्रीमतीलाई कुटपिट गर्ने गरेका

गल्ती श्रीमानको, सजाय श्रीमतीलाई

- मेनुका ढुंगाना- अछाम । बिना गल्ती एचआइभी संक्रमित भएकै कारण परिवार र समाजबाटै पाइएको भेदभाव

बोक्सी भन्दै पन्यूले डाम्ने पक्राउ

-महिला खबर- ललितपुर । रामेछापको लिखु तामाकोसी गाउँपालिका १ की बिरामी महिलालाई बोक्सी लागेको भन्दै पून्यू

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: