बलात्कृत बालिकाकी आमाको भनाइः ‘मलाई पैसा होइन, न्याय चाहियो’


प्रकाशित मिति :2018-03-04 17:12:26

–महिला खबर–

ललितपुर । मेरी छोरी १३ वर्षकी भइन् । कक्षा ८ मा पढ्छिन् । गएको मंसिर महिनाको २२ गते छोरी स्कूलबाट हाप छुट्टीमै घर आइन् । ‘आमा तपाईं घरको धन्दा सक्नु, म वस्तु हेर्न जान्छु’ भनी । मैले वस्तुभाउ फुकाएर घर माथी जंगलमा लगाईदिएँ । त्यही दिन छोरीलाई शंखलाल तामाङले जबरजस्ती (करणी) गरेको रै’छ । तर, छोरीलाई कसैल नभन्नु, भने मारिदिन्छु भनी धम्क्याएछ । छोरीले केही भनिन ।

उसको अनुहार मलिन हुँदै गएको थियो । विस्तारै खानेकुरा खान छाडी । स्कूल जान मन गर्न छाडी । मैले के भयो भन्दा सञ्चो भएन मात्रै भन्थी । मैले महिनावारी पनि रोकिएको थाहा पाएँ । त्यसपछि छोरीलाई सोधपुछ गरेपछि उसले जबरजस्ती गरेको घटना सुनाइन् ।

मेरी छोरी मंसिरको १८ गते महिनावारी भएकी थिई । त्यसपछि महिनावारी भइन । जबरजस्ती गरेको थाहा पाएपछि सुरुमा जलवीरे प्रहरीमा गयौं । तर, जलवीरे प्रहरीले उजुरी लिन मानेन । अनि चौताराको जिल्ला प्रहरीमा गयौं । फागुन ९ गते प्रहरीलाई उजुरी गरेका छौं ।

उजुरी गरेपछि प्रहरीले छोरीलाई अस्पताल पठायो । अस्पतालमा जचाँउदा थाहा भयो, छोरी दुई जीउकी रहिछ । डाक्टरले भिडियो एक्सरे गरेर छोरीको ज्यान जोखिममा छ भनेपछि औषधी खाएर बच्चा गर्भ तुहाइयो ।

गाउँमा छोरीलाई नै नराम्रो भन्छन् । उसको सुरक्षा पनि नहुने भयो । अहिले छोरी काठमाडौंमा आफन्तकोमा छे ।

मेरो छोरीको जीवन नै बिग्रियो । त्यो शंखलाल तामाङ काँग्रेसको नेता हो । गाउँमा शंखलालका मान्छेले गाउँको घटना गाउँमै मिल्नुपर्छ, बाहिर लैजान हुँदैन भनेर दबाब दिइरहेका छन् । अलिअलि जग्गा पैसा के हुन्छ त्यसैमा सहमती गर्नुपर्छ भनेका छन् ।

मेरो छोरीको जीवन बर्बाद गर्नेलाई पक्राउ गर्न सकिन्छ कि भनेर ‘हुन्छ हुन्छ’ भनिरहेका छौं । तर, हामीलाई न्याय चाहिएको छ । प्रहरीले मेरो छोरीको जीवन बर्बाद गर्नेलाई समाएर कारबाही गरोस् । मलाई पैसा चाहिएको छैन, मेरो छोरीको जीवन बर्बाद गर्नेलाई कार्वाही भएको हेर्न चाहान्छु । किनभने बलात्कारी कोही पनि नछुटुन् ।

(महिला खबरसँग गरिएको कुराकानीमा आधारित)

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म विधवा भएकै कारण छोरीको बेल विवाह गर्न पाइन’

–महिला खबर संवाद– नेपालमा अधिकांश एकल महिलाले श्रीमानको मृत्युपछि परिवार र समाजको लाञ्छना भोग्नुपरेको छ ।

गोपनीयताको गन्जागोल

हरेक व्यक्तिलाई आफ्नो निजी मामिलामा कसैको जबर्जस्ती हस्तक्षेपबाट निश्चित हदसम्म प्रतिरोध गर्ने अधिकार भएको कुरालाई

कमजोर हुनुहुन्न तपाईं, यसरी ठेगान लगाउनुस् हमला गर्नेलाई(फोटोफिचर)

–महिला खबर– ललितपुर । श्रीमती कुट्ने मध्ये अधिकांश श्रीमानले मदिरा सेवन पश्चात श्रीमतीलाई कुटपिट गर्ने गरेका

गल्ती श्रीमानको, सजाय श्रीमतीलाई

- मेनुका ढुंगाना- अछाम । बिना गल्ती एचआइभी संक्रमित भएकै कारण परिवार र समाजबाटै पाइएको भेदभाव

बोक्सी भन्दै पन्यूले डाम्ने पक्राउ

-महिला खबर- ललितपुर । रामेछापको लिखु तामाकोसी गाउँपालिका १ की बिरामी महिलालाई बोक्सी लागेको भन्दै पून्यू

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: