विद्यालयमा छात्रामाथि कस्तो दुव्र्यवहार हुन्छ ?


प्रकाशित मिति :2018-02-22 14:10:09

–महिला खबर–

ललितपुर । कक्षा ८ मा पढ्दै गरेकी शिक्षा नेपाललाई ५\६ कक्षातिर हुँदा विभिन्न बहानामा एक पुरुष शिक्षकले अनावश्यक छुने, चलाउने गरेको तीतो अनुभव छ । जुन कुरा बिर्सन खोजेर पनि बिर्सिन सक्दिनन् । ‘विद्यालयमा प्रधानाध्यापकलाई भन्दा आफ्नै कुरा नपत्याएर अझ हैरानी खेप्नुपरेको थियो । अहिले भने कोही शिक्षक अथवा कक्षाका पुरुष सहपाठीबाट त्यस्तो व्यवहार भए खुलेर प्रतिकार गर्न सक्ने भएकी छु’ उनले भनिन् ।

भक्तपुर बाल सञ्जालकी अध्यक्ष समेत रहेकी दिप्ती भुजेल एक नीजि कलेजमा प्लस टु पढ्दैछिन् । शिक्षाको जस्तो असहज अनुभव उनले पनि गरेकी छन् । तर उजुरी गर्ने निकाय आफूले पढेको विद्यालय पनि नभएको र अहिले पढ्ने कलेजमा समेत नभएको दुखेसो छ उनको । दिप्ती र शिक्षाले जस्तै धेरै किशोरी छात्राहरूले विद्यालयमा कुनै न कुनै प्रकारको नराम्रो दुव्र्यहार भोग्ने गरेका छन् ।

संचारिका समूहले किशोरीहरूमै गरेको एक सर्वेक्षणमा ६७ प्रतिशतले केटा साथीबाट र ३३ प्रतिशतले शिक्षकबाट दुव्र्यवहार हुने गरेको बताएका थिए ।

प्राय विद्यालयमा किशोरीहरूलाई पुरुष शिक्षक र केटा साथीहरूले जिस्क्याउने, छुन खोज्ने, अनावश्यक रुपमा नजिक हुन खोज्ने, एकोहोरो रुपमा हेरिरहने, कपाल सुम्सुम्याउने, मोबाइल वा इमेलमा अश्लिल सामग्री पठाउने वा ट्याग गरिदिने, भित्तामा केटा साथीसँग नाम जोडेर लेखिदिने, कागजको डल्लो बनाएर हान्ने जस्ता दुव्र्यहार भएको विभिन्न अध्ययन\सर्वेक्षणहरूले देखाएका छन् ।

सरकारले विद्यालयमा हुने यस्ता दुव्र्यवहार अन्त्यका लागि ‘गुनासो सुनुवाई कार्यविधि २०७३’ पनि बनाएको छ । शिक्षा विभागले बनाएको यस कार्यविधि अनुसार प्रत्येक विद्यालयले गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने, उजुरी पेटिका राख्नुपर्ने र हरेक साताको शुक्रबार त्यो गुनासो पेटिका खोलेर गुनासो सुनुवाई गर्नुपर्ने प्रावधान छ । तर यो कति कार्यान्वयन भएको छ र विद्यालयमा किशोरीहरूले यस प्रकारको दुव्र्यहार कत्तिको महसुस गरेका छन् त ? यसै विषयमा गरिएको छलफल कान्तिपुर टेलिभिजनमा भोलि (शुक्रबार) बेलुका ९ बजे प्रसारण हुने ‘समकोण’ मा हेर्नुहोला ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म विधवा भएकै कारण छोरीको बेल विवाह गर्न पाइन’

–महिला खबर संवाद– नेपालमा अधिकांश एकल महिलाले श्रीमानको मृत्युपछि परिवार र समाजको लाञ्छना भोग्नुपरेको छ ।

गोपनीयताको गन्जागोल

हरेक व्यक्तिलाई आफ्नो निजी मामिलामा कसैको जबर्जस्ती हस्तक्षेपबाट निश्चित हदसम्म प्रतिरोध गर्ने अधिकार भएको कुरालाई

कमजोर हुनुहुन्न तपाईं, यसरी ठेगान लगाउनुस् हमला गर्नेलाई(फोटोफिचर)

–महिला खबर– ललितपुर । श्रीमती कुट्ने मध्ये अधिकांश श्रीमानले मदिरा सेवन पश्चात श्रीमतीलाई कुटपिट गर्ने गरेका

गल्ती श्रीमानको, सजाय श्रीमतीलाई

- मेनुका ढुंगाना- अछाम । बिना गल्ती एचआइभी संक्रमित भएकै कारण परिवार र समाजबाटै पाइएको भेदभाव

बोक्सी भन्दै पन्यूले डाम्ने पक्राउ

-महिला खबर- ललितपुर । रामेछापको लिखु तामाकोसी गाउँपालिका १ की बिरामी महिलालाई बोक्सी लागेको भन्दै पून्यू

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: