बढ्यो महिला अधिकार हननका घटना


एक वर्षमै ३५ सय ६० महिलाका अधिकार हनन्

प्रकाशित मिति :2018-02-21 10:00:15

–महिला खबर–

काठमाडौं । नेपालमा पछिल्लो समय महिला अधिकार विरुद्वका घट्ना बढ्दै गएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अनुसार सन् २०१६ को तुलनामा २०१७ मा ६ सय ४८ ले महिला अधिकारका हननका घटना बढेको हो ।

सन् २०१७ मा राज्यपक्षबाट महिला अधिकारका दुई वटा र गैरराज्यबाट ३ हजार ५ सय ५८ वटा महिला अधिकार हनन्का घटना भए ।

अघिल्लो वर्ष गैर राज्यपक्षबाट २ हजार ९ सय ९ वटा महिला अधिकारका हनन् भएका थिए । यो वर्ष राज्यपक्षबाट भने महिला अधिकारका हनन् भएका घटना नभएको इन्सेकले जनाएको छ ।

प्रदेश नं ५ मा महिलाका अधिकार हनन बढि

यस्तै इन्सेकका अनुसार सबैभन्दा बढि महिला अधिकार हननका घटना प्रदेश नं ५ मा भएको पाइएको छ । यो प्रदेशमा कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा, दाङ, प्युठान, रोल्पा, रुकुम र सल्यान लगायतका जिल्ला प्रर्दछन् । यि जिल्लामा १ हजार १ सय ५६ महिला अधिकार हननका घटना भएका छन् ।

यस्तै, प्रदेश नं ४ मा ६ सय ५९, प्रदेश नं २ मा ४ सय २३, प्रदेश नं ७ मा ३ सय ८६, प्रदेश नं १ मा ३ सय ५३, प्रदेश नं ३ मा ३ सय ३५ र प्रदेश नं ६ मा २ सय ४८ महिला अधिकारका हनन्का घटना छन् । खासगरी नेपालमा पछिल्लो समय घरेलु हिंसा, बलात्कार, यौन जन्य हिंसा लगायतका घटना बढ्दै गएका कारण महिलाका अधिकार हनन्  हुने क्रम बढेको इन्सेकले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

‘म विधवा भएकै कारण छोरीको बेल विवाह गर्न पाइन’

–महिला खबर संवाद– नेपालमा अधिकांश एकल महिलाले श्रीमानको मृत्युपछि परिवार र समाजको लाञ्छना भोग्नुपरेको छ ।

गोपनीयताको गन्जागोल

हरेक व्यक्तिलाई आफ्नो निजी मामिलामा कसैको जबर्जस्ती हस्तक्षेपबाट निश्चित हदसम्म प्रतिरोध गर्ने अधिकार भएको कुरालाई

कमजोर हुनुहुन्न तपाईं, यसरी ठेगान लगाउनुस् हमला गर्नेलाई(फोटोफिचर)

–महिला खबर– ललितपुर । श्रीमती कुट्ने मध्ये अधिकांश श्रीमानले मदिरा सेवन पश्चात श्रीमतीलाई कुटपिट गर्ने गरेका

गल्ती श्रीमानको, सजाय श्रीमतीलाई

- मेनुका ढुंगाना- अछाम । बिना गल्ती एचआइभी संक्रमित भएकै कारण परिवार र समाजबाटै पाइएको भेदभाव

बोक्सी भन्दै पन्यूले डाम्ने पक्राउ

-महिला खबर- ललितपुर । रामेछापको लिखु तामाकोसी गाउँपालिका १ की बिरामी महिलालाई बोक्सी लागेको भन्दै पून्यू

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: