६७ वर्षीया वृद्धामाथि कुटपिट


प्रकाशित मिति :2018-01-15 15:22:08

अप्रिल अधिकारी-

रामेछाप । मन्थली नगरपालिका ११ गेलुकी ६७ वर्षीया लिलामाया बुढाथोकीलाई खानेपानीका निहँुमा स्थानीयले कुटपिट गरेका छन् ।

शनिवार साँझ खानेपानीको लाइनमा पाइप काटिएर लामो समयसम्म कायम रहेको विवादका विषयमा उपभोक्ता समितिसंग छलफल भइरहा पानीको निहुँमा गाउँका महिला र पुरुषहरुले बुढाथोकीलाई कुटपिट गरेका थिए ।

उनीको तामाकोशी सहकारी अस्पतालमा उपचारका भैरहेको छ । गएको जेठमा बुढाथोकीले खाँदै आएको पानीको पाइप लाइन काटिपछि उक्त स्थानमा स्थानीय र बुढाथोकीबिच विवाद उत्पन्न भएको थियो ।

जेठमा पाइप काटेको विषयमा जिल्ला प्रहरी कार्यालयमा बुढाथोकी परिवार उजुरी गरेका थिए । पीडित महिलाका छोरा अर्जुन बहादुर बुढाथोकीले आइतबार साँझ आमा लिलामायालाई केही स्थानीयले कुटपिटको गरेको बताएका थिए ।

पानी काटेपछि आफूले खाँदै आएको पानी खान पाउनु पर्ने माग गर्दै सम्बन्धित कार्यालयहरु जाँदा र वडाध्यक्षलाई समेत पटक पटक भन्दा पनि सुुनुवाइ हुन नसकेको बुढाथोकीले बताए । ‘सोही विवादका विषयमा उपभोक्ताहरुलाई छलफलका लागि बोलाइएको भेलामा म गए विवाद हुन सक्छ भन्ने लागेर मैले आमालाई बैठकमा पठाएको थिए । तर आमा माथि नै अस्पताल नै भर्ना गर्नुपर्ने गरी कुटपिट गरेछन्’ बुढाथोकीले भने ।

नाटिला खानेपानी उपभोक्ता समितिको बैठकमा अध्यक्ष सानु बोहोराले धारा काटिएको विषयमा छलफल चलिरहँदा स्थानीय मिठु थापा मगर, यम कुमारी थापामगर,सरोज थापामगर र सन्तोष थापामगरले आफु माथि कुटपिट गरेको लिलामायाले बताइन ।

वडाध्यक्ष भिम बहादुर थापा मगरले बुढाथोकी परिवारलाई एकलौटि धारा चाहिएको र त्यो दिन नसकिने भएपछि धारा काटिएको बताए ।
पीडित पक्षले आइतबार ६ जनाका विरुद्धमा जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दर्ता गराएका छन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लोग्ने मान्छे

–रेनुका कार्की– बजारमा बिक्ने भइस् हजारमा साँटिने भइस्, थुइक्क ! तँ जस्ता निर्दयी लोग्ने मान्छे ।

फेसबुकमा अस्लील फोटो राखेर धम्काउने पक्राउ

नवलपरासी । फेसबुक प्रोफाईलमा महिलाको तस्वीर राखेर अश्लिल फोटो पोष्ट गर्दै धम्काउने एक युवालाई नवलपरासी

बलात्कारको अभियोगमा पक्राउ

–महिला खबर– ललितपुर । बाग्मती गाउँपालिका–६ स्याउले थुम्काका एक युवालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको छ

यौन हिंसा पीडित खेलाडीलाई क्षतिपूर्ति

ललितपुर । अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: