७० महिलालाई मेलमिलाप तालिम


प्रकाशित मिति :2018-01-14 12:40:58

–महिला खबर–

सुनसरी । इटहरी उपमहानगरका सबै वडामा मेलमिलाप केन्द्र सञ्चालन गर्न ७० जना महिलालाई मेलमिलाप सम्बन्धि तालिम दिइएको छ ।
उपमहानगरका २० वटै वडाका निर्वाचित महिला सदस्यहरू, महिला सञ्जाल इटहरीका सदस्यहरू लगायतलाई मेलमिलाप गराउने सीप प्रदान गरिएको इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् ।

दुइ चरणमा गरि ७० जनालाई तालिम दिइएको हो । तालिमको कानून अन्वेषण तथा श्रोत बिकास केन्द्र (सेलर्ड)का क्षेत्रीय प्रमुख गणेशराज लुइटेलले सहजिकरण गरे ।

टोल टोलमा हुने द्वन्द्व, झैझगडालाई स्थानीयस्तरमै मिलाउन इटहरीका प्रत्येक वडामा मेलमिलाप केन्द्र खोल्ने तयारी गरिएको छ । मेलमिलाप तालिम लिएका सहभागिहरूले द्वन्द्वका दुवै पक्षका व्यक्तिहरूले जीत जीतको महसुस हुने गरि सीप सिकेको प्रतिकृया दिएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रीमती र छोरीहरुले दिए डा. देवकोटालाई दागबत्ती

-महिला खबर- डा. देवकोटाको पार्थिव शरीरमा श्रीमती डा. मधु दीक्षित देवकोटा, छोरीहरु मेधा, बसुधा र मञ्जरीले

तेजाब छर्कने प्रहरी धरौटीमा छुटे

–महिला खबर– ललितपुर । चितवनको भरतपुर महानगरपालिकामा बसोबास गर्दै आएकी महिलालाई तेजाब छर्किएर घाइते बनाउने ट्राफिक

प्रहरी र निजामती सेवामा ५० प्रतिशत महिला

–महिला खबर– ललितपुर । प्रदेश नम्बर २ ले आफ्नो प्रदेशमा प्रहरी भर्ना गर्दा ५० प्रतिशत

देशमा शान्ति आएकै छैनः मन्दिरा शर्मा, अधिकारकर्मी

–महिला खबर संवाद– न्यायका लागि कानुनी लडाइँ लड्न चाहने महिलाको उजुरी लेखेर मुद्दा लड्ने काम पनि

महिला उद्यमशिलता विकास कोषको रकम बढाउ : उद्यमी महिला

-महिला खबर- ‘७७ जिल्लामा उद्यमी महिलालाई २ लाख ५० हजारका दरले मात्रै वितरण गर्दा पनि २७

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: