बालविवाह रोक्न सन्देश बाँड्दै नायिका रेखा थापा


प्रकाशित मिति :2018-01-14 11:50:28

-शान्ता कमली-

लमजुङ । नेपाली सिनेमा क्षेत्रको ठुलो पर्दामा संधै देखिने नायिका रेखा थापालाई आफ्नै अगाडि देखेपछि उत्तरी लमजुङका स्थानीय दंग थिए । बालबालिका देखि बृद्धबृद्धासम्म रेखालाई हेर्न आतुर देखिन्थे । खुदीको अमर माबिमा रेखा पुग्ने बित्तिकै स्थानीयले झपक्कै घेरे । यूवायुवतीहरु रेखासँग सेल्फी खिच्ने ब्यस्त थिए भने बालबालिकाहरु रेखाको वरीपरी झुम्मीरहेका थिए ।

कार्यक्रम स्थल नपुग्दै बाक्लीएको भीड छिचोल्दै जब रेखा स्टेजमा पुगेर माईक्रोफोन हातमा लिंदा धेरैले गीत गाउलिन भनेर कुरीरहे । प्राय सांगितिक कार्यक्रम र अभिनयमा देखिने रेखा शनिबार भने फरक भूमिकामा प्रस्तुत भएकी थिइन् । उनले बालबिबाह र त्यसपछि नारीले भोग्नुपर्ने पीडाबारे बताउँदै गर्दा सहभागि महिलाहरुका आँखा रसाईरहेको देखिन्थे । रेखाले बालबिबाह बिरुद्धका सन्देशहरु भनिरहदाँ गर्दा स्थानीयहरु एकोहोरो भएर उनलाई सुनीरहेका थिए ।

बालविवाह विरुद्ध सचेतना जगाउने अभियानका क्रममा लमजुङ आएकी नायिका थापा शुक्रबार उदीपुरमा रहेको जनकल्याण माबि र भोटेवाडरको भक्ति नमुना माबि र शनिबार मस्र्याङ्दी गाउँपालिकाको खुदी स्थित अमर माबिका शिक्षक, विद्यार्थी र अभिभावकहरु बीच सोही विषयमा जानकारी गराउँदै व्यस्त रहिन् । ‘छोरीका निम्ति स्वर्णिम भविष्य नेपाल महाअभियान, बालविवाह विरुद्ध संकल्प यात्रा’ अन्र्तगत विद्यार्थी, शिक्षक तथा अभिभावक मार्फत् सचेतना अभिवृद्धिका लागि उनले सरोकारवालाहरुलाई अभिमुखीकरण गराएकी हुन् ।

२१ औं शताब्दीमा पनि बालिकाहरु पढाईबाट वञ्चित हुनुपर्ने, घर धन्दामै भुल्नु पर्ने, कलिलै उमेरमा विवाह गरेर पारिवारिक बोझ थाम्नु पर्ने, कसैबाट हेपिनु चेपिनु र जबरजस्ती करणीको शिकार बन्नु पर्ने अवस्था रहेकाले आफु यो अभियानमा सहभागी भएको उनले बताईन् । नायिका थापाले आफ्ना चलचित्रमा समेत महिलामाथि हुँदै आएका विभेद, हिंसा विरुद्धका विषय एवं महिला सशक्तिकरण, उत्पे्ररणा र सचेतनामूलक सामाग्री समावेश गराउँदै आएकी छन। ‘मेरो देशमा विशेषगरी छोरीहरुको सुनौलो भविष्य र उनीहरुमा सबैखाले सुरक्षाको ग्यारेन्टी खोज्दैछु,’ उनी भन्छिन् ‘बाल विवाहलाई रोक्न सकियो भने मात्रै उनीहरुको भविष्य उज्यालो हुन्छ भन्नेमा म विश्वस्त पनि छु ।’

सानै उमेरमा बालिकाको विवाह हुँदा त्यसले उनीहरुको शारिरीक, मानसिक, शैक्षिक, सामाजिक र आर्थिक क्षेत्रमा नकरात्मक प्रभाव पर्ने भएकाले सानो उमेरमा विवाह गर्न नहुने उनले बताइन् । बाल विवाहका कारण बालबालिकाको भविष्य अन्यौल र अन्धकारमय हुने भएकाले बालबालिका स्वयं सचेत हुनपर्ने बताइन् । उनले भनीन् ‘साना नानीबाबुहरु आफ्नो भविष्य बारे धेरैकुरा जान्न र बुझ्न सक्दैनन्,’ थापाले अभिभावक र शिक्षकलाई ईंगित गर्दै भनिन् ‘उनीहरुको भविष्य कस्तो बनाउने त्यो तपाईमा भर पर्छ ।

उनको प्रशिक्षणपछि भक्ति नमुना मावि कक्षा १२ की छात्रा सुस्मिता कार्कीले नायिका थापाको प्रशिक्षण पछि छोरीहरु शारिरीक, मानसिक, शैक्षिक रुपमा सक्षम भएमा पारिवारिक जीवन राम्रो सँग अघि बढाउन सक्ने विषयमा आफूले वकालत गर्ने बताइन । जिल्ला बालक्लव सञ्जालकी सचिव समेत रहेकी कार्की आगमी दिनमा बालक्लबमार्फत् पनि यस विषयमा थप प्रभावकारी रुपले सचेतनामूलक कार्यक्रम गर्ने बताउँछिन् । त्यस्तै मस्र्याङ्दी गाउँपालिकाकी कक्षा ९ मा पढ्ने संगिता थापाले सानै उमेरमा विवाह गर्नहुदैन भनेर आमाबुवालाई सम्झाउने बताइन् । उनले भनीन् सानै उमेरमा विबाह गरेमा शारिरिक र मानसिक रुपमा असर पर्नेछ ।

नवनिवार्चित प्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी र सामाजिक अगुवाहरुका विच उचित समन्वय गरेर अघि बढेमा केहीवर्षमा बाल विवाह, लैङ्गिक हिंसा लगायतका विरुद्ध उपलव्धीमूलक काम गर्न सकिने नायिका थापाले बताइन् ।

बालसंरक्षणका विभिन्न कार्यक्रम मार्फत् बालबालिकालाई जानकारी गराईएको भएपनि अभिभावकसम्म ति विषयवस्तु प्रभावकारी ढंगले लैजान नसकेको महिला तथा बालबालिका कार्यालय लमजुङका महिला विकास अधिकृत विष्णुकुमारी लामीछाने बताउँछिन् । उनी भन्छिन् ग्रामीण क्षेत्रमा अझैपनि बालविवाह बढ्दो छ ।

 

गाउँपालिकाले सुरु ग¥यो छोरीका निम्ति स्वर्णिम महाअभियान

उत्तरी लमजुडको मस्र्याङ्दी गाउँपालिकाले छोरीका निम्ति स्वर्णिम भविष्य नेपाल महाअभियान सुरु गरेको छ । अभियानको शनिबार नायिका रेखा थापाले उद्घाटन गरिन् ।

गाउँपालिकामा बालविवाह रोक्नका लागी अभियान सुरु गरीएको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । उनले यसअघि नै गाउँपालिका भित्रका छोरा र छोरीलाई समान शिक्षा दिनुपर्छ भन्ने सन्देश दिएको बताए । यो अभियानले बालविबाह रोक्न थप टेवा पुग्नेछ । उनले गाउँपालिकाभित्रका सबै विद्यालयमा बालविबाह न्युनिकरणका सन्देश दिने सचेतनामुलक कार्यक्रम गर्ने बताए ।

यो अभियान यसअघि सुर्खेत, बैतडी, बाजुरा, कञ्चनपुर र शनिबार लमजुङको मस्र्याङ्दी गाउँपालिकामा यो अभियान सुरु गरिएको अभियन्ता नरबहादुर कार्कीले बताए । उनले भने यो अभियानले बालविबाह न्युनिकरण गर्न थप टेवा पुग्नेछ । कार्कीले अभियान प्रभावकारी हुने र २०३० सम्म सरकारले लिएको लक्ष्यमा नपुग्दै अबको ३ वर्षभित्र बालविबाह अन्त्य हुनेमा आफु विश्वस्त रहेको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रीमती र छोरीहरुले दिए डा. देवकोटालाई दागबत्ती

-महिला खबर- डा. देवकोटाको पार्थिव शरीरमा श्रीमती डा. मधु दीक्षित देवकोटा, छोरीहरु मेधा, बसुधा र मञ्जरीले

तेजाब छर्कने प्रहरी धरौटीमा छुटे

–महिला खबर– ललितपुर । चितवनको भरतपुर महानगरपालिकामा बसोबास गर्दै आएकी महिलालाई तेजाब छर्किएर घाइते बनाउने ट्राफिक

प्रहरी र निजामती सेवामा ५० प्रतिशत महिला

–महिला खबर– ललितपुर । प्रदेश नम्बर २ ले आफ्नो प्रदेशमा प्रहरी भर्ना गर्दा ५० प्रतिशत

देशमा शान्ति आएकै छैनः मन्दिरा शर्मा, अधिकारकर्मी

–महिला खबर संवाद– न्यायका लागि कानुनी लडाइँ लड्न चाहने महिलाको उजुरी लेखेर मुद्दा लड्ने काम पनि

महिला उद्यमशिलता विकास कोषको रकम बढाउ : उद्यमी महिला

-महिला खबर- ‘७७ जिल्लामा उद्यमी महिलालाई २ लाख ५० हजारका दरले मात्रै वितरण गर्दा पनि २७

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: