तीन पार्टीका महिला संगठनबीच एकता


महिलाका सवालमा एक ढिक्का हुने प्रतिवद्धता

प्रकाशित मिति :2018-01-14 10:54:25

–महिला खबर–

काठमाडौं । नेकपा (माओवादी केन्द्र), नयाँ शक्ति नेपाल र नेकपा संयुक्त पार्टी निकट महिला सँगठनहरूबिच एकता सम्पन्न भएको छ ।
शनिबार माओवादी केन्द्रको पार्टी मुख्यालय कोटेश्वरमा भएको एकता कार्यक्रममा दुवै पक्षका महिला नेताहरूले अबदेखि औपचारिक रुपले आफूहरू एउटै सँगठनमा आबद्ध भएको र महिलाका मुद्दामा एक भएर संघर्ष गर्ने उद्घोष गरे ।

एकता कार्यक्रमका प्रमुख अतिथी तथा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का ईन्चार्ज उर्मिला अर्यालले नव प्रवेशिहरूलाई स्वागत गर्दै, महिलाहरूलाई राजनीतिक अधिकार दिलाउनका लागि आर्थिक आत्म निर्भरताको व्यवहारिक अभियान सञ्चालन गर्नुपर्ने बताइन् ।

पार्टीको कार्यालय सदस्य समेत रहेकी नेता अर्यालले अझै पनि धेरै महिलाहरूलाई मुक्त गराउन न सकिएको भन्दै, उनीहरूको सबलीकरण बिना देशको समृद्धि कठिन भएको उल्लेख गरिन् । उनले राजनीतिमा महिलाहरू जती उचाइमा पुगे पनि पुरुष नेतृत्वकै हाली मुहाली रहेको कुरा समेत उजागर गरिन् ।

अनेम संघ (क्रान्तिकारी)का अध्यक्ष अमृता थापा मगरले ध्रुविकरण मार्फत मुक्ति तथा न्यायप्रेमी महिलाहरूको एकताले एउटा आयाम ठुलो आयाम थपेको बताइन् ।

यसैगरी नेता थापाले महिलाको भूमिका कसैले पनि ओझेलमा पार्न नसक्ने दाबी गर्दै सँगठननै सबै भन्दा ठुलो बल भएको भन्दै राष्ट्र निर्माण र परिवर्तनका लागि महिलाहरू एकजुट हुनुपर्ने बताइन् । उनले निर्वाचन अघि पार्टी एकता भएको उल्लेख गर्दै, जनवर्गीय सँगठनहरूबिच एकता प्रकृयामा ढिलाई आए पनि मूल स्पिरीट पार्टी एकता सँगसँगै कायम भएको बताइन् ।

नयाँ शक्ति नेपाल निकट महिला शक्ति महासंघको अध्यक्ष लमजङ शेर्पा र नेकपा संयुक्त पार्टी निकट नेपाल महिला फेडरेशनको अध्यक्ष देविका लिम्बुले मुख्य कुरा पार्टीको एजेण्डा र परिवर्तनकारी भूमिका भएको भन्दै, अबदेखि हातेमालो गर्दै महिला आन्दोलन अगाडि बढाउने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रीमती र छोरीहरुले दिए डा. देवकोटालाई दागबत्ती

-महिला खबर- डा. देवकोटाको पार्थिव शरीरमा श्रीमती डा. मधु दीक्षित देवकोटा, छोरीहरु मेधा, बसुधा र मञ्जरीले

तेजाब छर्कने प्रहरी धरौटीमा छुटे

–महिला खबर– ललितपुर । चितवनको भरतपुर महानगरपालिकामा बसोबास गर्दै आएकी महिलालाई तेजाब छर्किएर घाइते बनाउने ट्राफिक

प्रहरी र निजामती सेवामा ५० प्रतिशत महिला

–महिला खबर– ललितपुर । प्रदेश नम्बर २ ले आफ्नो प्रदेशमा प्रहरी भर्ना गर्दा ५० प्रतिशत

देशमा शान्ति आएकै छैनः मन्दिरा शर्मा, अधिकारकर्मी

–महिला खबर संवाद– न्यायका लागि कानुनी लडाइँ लड्न चाहने महिलाको उजुरी लेखेर मुद्दा लड्ने काम पनि

महिला उद्यमशिलता विकास कोषको रकम बढाउ : उद्यमी महिला

-महिला खबर- ‘७७ जिल्लामा उद्यमी महिलालाई २ लाख ५० हजारका दरले मात्रै वितरण गर्दा पनि २७

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: