अछामका सांसदहरूले भने, ‘छाउ प्रथा हटाउन तत्पर छौं’


छाउ गोठमा महिलाको ज्यान गएको प्रति राष्ट्रपतिको चासो

प्रकाशित मिति :2018-01-12 20:52:54

–महिला खबर–
काठमाडौं । महिनावारी प्रथाका कारण महिलाहरूले ज्यान गुमाउनु परेको विषयप्रति अछामका सांसदहरूले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
आज राष्ट्रपति कार्यालय शितल निवासमा भएको छलफल कार्यक्रममा बोल्दै अछामका प्रदेश तथा प्रतिनिधिसभा सदस्यहरूले कुनै एउटा प्रथा वा परम्पराका कारण मान्छेको ज्यान जानु लज्जास्पद विषय भएको बताए ।

राष्ट्रपति नै महिला भएको देशका महिलाहरू महिनावारी कुप्रथाका कारण ज्यान गुमाउन बाध्य भएको अवस्था देशकै लागि बद्नामको विषय भएको भन्दै यो अवस्थाको अन्त्यका लागि गर्न सकिने पहल कदमीका विषयमा रणनीति तयार गर्न कार्यक्रम आयोजना गरिएको राष्ट्रपति कार्यालयका स्वकिय सचिव बिलला राईले जानकारी दिइन् ।

सन् २००९ देखि हालसम्म महिनावारी भएकै बेला अछाममा १२ जना महिलाले ज्यान गुमाइसकेको कुरा सञ्चारमाध्यममा आएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले निकै चासोका साथ यो विषयलाई लिएको स्वकिय उपसचिव दीपा शर्माले बताइन् ।
नेकपा एमाले अछामका अध्यक्ष एवम् पहिलो संविधानसभाका सदस्य शेरबहादुर कुँवरले महिनावारी प्रथा रोकथामका लागि स्थानीय सरकारले कडाइका साथ लाग्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य झपट बोहराले महिनावारी प्रथा नियन्त्रण गर्न बनेका ऐन कानुनहरूको कार्यान्वयन हुन सके महिलाहरूले छाउ गोठमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुने बताए ।
प्रदेशसभा सदस्य दुर्गा विकले बुबा, दाजुभाईहरूले श्रीमती र छोरीबहिनीहरूको रक्षाका लागि महिनावारीका बेला गोठ पठाउन नहुने बताइन् ।
डोटीबाट प्रदेशसभा सदस्य पूर्णा जोशीले जबसम्म राजनीतिक दलका नेता, शिक्षक र धर्म गुरुहरू महिनावारी प्रथाको नकारात्मक असरका बारेमा बोल्दैनन्, तबसम्म यसको अन्त्य नहुने बताइन् ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य विन्दा पाण्डेले महिनावारीको विषय राजनीतक दलको एजेण्डा हुनुपर्ने बताइन् । उनले महिनावारी कुप्रथाको अन्त्यका लागि युवा संगठन, शिक्षक संगठन र स्वयम्सेविकाहरूले जागरणका कार्यक्रम संचालन गर्न जरुरी रहेको बताइन् ।
कार्यक्रममा सांसद बल बहादुर सोडारी, मीना साउद, गोविन्द कुँवर, अम्बिका थापा, पूर्व सांसद जानकी साउद, नेकपा एमाले कञ्चनपुरका जिल्ला समन्वय समिति उप प्रमूख सानु बुडथापा, राष्ट्रपति महिला उत्थान कार्यक्रमका नरेश चापागाँई, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सह सचिव राधिका अर्याल, महिला खबरका सम्पादक लोग्शरी कुँवर लगायतले विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा महिनावारीको विषयमा गलत बुझाइ रहेका कारण महिलाहरूलाई घरभन्दा टाढा बनाइएका अवैज्ञानिक गोठहरूमा राख्दा विभिन्न कारणले मृत्यु हुने कारण नरोकिएपछि अब राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, सामाजिक अगुवाहरूले जागरणका कार्यक्रम संचालन गर्न जरुरी रहेको सम्बन्धमा पनि छलफल गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लोग्ने मान्छे

–रेनुका कार्की– बजारमा बिक्ने भइस् हजारमा साँटिने भइस्, थुइक्क ! तँ जस्ता निर्दयी लोग्ने मान्छे ।

फेसबुकमा अस्लील फोटो राखेर धम्काउने पक्राउ

नवलपरासी । फेसबुक प्रोफाईलमा महिलाको तस्वीर राखेर अश्लिल फोटो पोष्ट गर्दै धम्काउने एक युवालाई नवलपरासी

बलात्कारको अभियोगमा पक्राउ

–महिला खबर– ललितपुर । बाग्मती गाउँपालिका–६ स्याउले थुम्काका एक युवालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको छ

यौन हिंसा पीडित खेलाडीलाई क्षतिपूर्ति

ललितपुर । अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: