यस, आई एम फेमिनिस्ट


महिलाले अधिकार खोज्नु, पुरुषको अधिकार खोस्नु होईन

प्रकाशित मिति :2018-01-11 16:08:52

उनले मलाई पहिलो भेटमै ‘तिमी फेमिनिस्ट हौ ?’ भनेर सोधे । मैंले पहिलो पटक कुनै नेताको अगाडि निर्धक्क ‘फेमिनिस्ट हुँ’ भनेको थिएँ । यो भन्दा अगाडि आफैलाई म फेमिनिस्ट हुँ कि होइन ? भन्ने प्रश्नले बारम्बार घोचिरहन्थ्यो ।

जेन्डर स्टडिज पढ्न थालेपछि म्यामले ‘तपाईंहरू मध्ये कति जना फेमिनिस्ट हो ?’ भन्ने प्रश्नको उत्तरमा हामी थोरैले मात्रै अलि लजाँउदै र डराउदैँ आधा हात उठाएर प्रश्न राखेका थियौं । पाएको जवाफ पश्चात मैले म आफूलाई फेमिनिस्ट हुँ भनेर निर्धक्क भन्न थालेको थिएँ । त्यसपछि नै म प्रस्ट भएँ, मेरो अधिकारका बारेमा जानकार भएर राज्यसँग अधिकार माग्नु वा आफ्नो अधिकारका लागि लड्नु नै ‘महिलावाद’ हो भनेर ।

त्यसअघि महिलावादका विभिन्न चरण र स्वरुपका बारेमा पढे पनि स्पष्ट थिईन् । त्यतिबेला लागेको थियो, महिला अधिकार भनेको पुरुषको अधिकार खोस्नु हो, पुरुषलाई गाली गर्नु हो, पुरुषहरूलाई सक्दो सराप गर्नु हो र पुरुष विरुद्ध बोल्नु हो । तर यो सबै गलत हो भन्ने जानेपछि मैले मलाई प्रश्न गर्ने नेताको आँखामा आँखा जुधाएर भने, ‘यस आई एम फेमिनिस्ट ।’

उनले मैले भन्नै नहुने कुरा भने जस्तै गरेर चिम्सा आँखा अलि तन्काउँदै भने, ‘भनेसी तिमीले बिहे गर्दिनौं ?’ म छक्क परेँ । ‘महिलावाद र विवाह कहाँ जोडिन्छ ?’ मैले प्रश्न गरेँ । उनले अलि अलमल पारामा भने, ‘फेमिनिस्टहरू त बिहे गर्दैनन् नि ।’ मलाई अब भने उनको महिलावाद प्रतिको बुझाइ सुनेर खित्का छोडेर हाँस्न मन लाग्यो । तर उनको मुहारमा हेरेर मुस्कुराउँदै भनें, ‘मैले बिहे गर्नु र नगर्नुसँग तपाईंंलाई किन त्यति चिन्ता ?’

उनले कुरा गर्न खोजेको ¥याडिकल फेमिनिस्टको थियो । अनि मैले उनलाई भने, ‘ए…… तपाईंले ¥याडिकल फेमिनिस्टका बारेमा कुरा गर्दै हुनुहुन्छ । ¥याडिकल फेमिनिस्ट जसले आफ्नो लागि सोच्छन्, सधैँ किन अरुको दास भएर बस्ने भन्छन्, महिलाहरूको छुट्टै स्थानको बारेमा सोच्छन् र पुरुषहरूको कारण सधैँ महिलाहरू प्रताडित हुन्छन् भने किन पुरुषसँग विवाह गरेर जीवन चलाउने ? यदि महिलाले सधैँ उत्पीडन र दासता भोग्ने हो भने यो उकुसमुकुस सहेर सृष्टि चलाउने जिम्मा महिलाको मात्रै हैन बरु विवाह नै नगरौँ भन्छन् ।’

यति भनिसकेपछि उनी आफ्नो प्रश्नबाट पछाडि हटेर भने, ‘डा. रेणुकी चेली तिमीसँग बोलेर के सकिन्थ्यो ?’ त्यसपछि भने मलाई बोल्न करै लाग्यो र भनें, ‘समाज र देशको मुहार फेर्ने परिवर्तनको मुद्धा बोकेर हिँड्ने मान्छे तपाईं, डा. रेणुलाई राम्रो मान्नु हुँदोरहेछ तर फेमिनिस्ट भन्ने शब्द सुन्ने बित्तिकै तर्सने ?’ त्यसपछि महिलावादको बारेमा उनले मसँग कुरा गरेनन् । उनी त्यही व्यक्ति थिए जो, देशको व्यवस्था बदल्न कम्युनिष्ट भएका थिए, महिला मुक्तिका लागि भन्दै सयौँ जुक्तिहरू भाषण मार्फत सुनाउँदै हिँड्थे ।

कुरा २०६७\०६८ सालतिरको, म रेडियो उदयपुरमा काम गर्थें । केटीहरूले अझ त्यो नि “फुच्चीहरू” ले चलाएको रेडियो भनेर त्यति साह्रो पत्याउँदैन थिए । केटीहरूले रेडियो चलाउनु “पोथी बास्नु” थियो त्यतिबेला । रेडियोमा काम गर्न थालेदेखि नै मैले महिलाका अधिकार, महिलाले बोल्न पाउनुपर्छ भनेर जानेको हो । महिला अधिकार, मानव अधिकार थाहा थिएन । थाहा थियो त केवल छोरी मान्छेले साँझ परेपछि घरबाहिर हिँड्नु हुँदैन, छोरी मान्छे गाउँ डुल्न हुँदैन, आफूभन्दा ठुलाले भनेको हरेक कुरा चुपचाप मान्नुपर्छ । हुनत मेरा लागि गाउँ भन्नु नै ठुलोबुवा, काकासहितको हाम्रो ४ घर थियो । त्यही ४ घरका ४ किल्ला मेरा लागि पर्खाल थिए । कसैले ति ४ किल्ला छोडेर बाहिर नजाउ भनेका थिएनन् । विद्यालय समय बाहेक निकै कम मात्र म ति किल्ला छोडेर निस्कने हिम्मत गर्थें ।

मेरै उमेरका एकजना पुरुष साथीले ट्विटरमा लेखेका थिए, ‘महिला अधिकारका ठुल्ठुला कुरा बिहे नहुन्जेलका लागि मात्रै हो भनेर कहिले बुझ्लान यी बहिनीहरूले ।’ एउटै पुस्तामा हुर्किएका उहाँ जस्ता पुरुष अनि मभन्दा अघिल्लो पुस्ताका समाज परिवर्तनको सपना बाँड्दै हिँड्ने नेताले कहिले बुझिदिने होला, ‘महिलाहरूले आफ्नो अधिकार मात्रै खोजिरहेका छन् । पुरुषको अधिकार खोसेका छैनन् ।

विद्यालयमा पढाई हुँदा छोरी मान्छे लजालु, राम्री, गोरी, सुन्दरी हुन्छन्, आफूभन्दा ठुलालाई मान्छन् भनिन्थ्यो । यस्तै विशेषण सुनेर हुर्केकाले होला मनमा प्रश्न उठिरहन्थ्यो, ‘म राम्री हुँ कि हैन, सुन्दरी छु कि छैन, मैले बुबाममीको आदेश पालना गरेँ कि गरिनँ ।’ यस्ता प्रश्नहरूले घेरिँदै किशोरावस्थामा प्रवेश गर्दा मैले रेडियोमा काम गर्न थाल्ने भैसकेको थिएँ । त्यसैले पनि महिलावादी हुँ भन्नु कुनै नौलो थिएन । जेन्डर स्टडिजको ३ वटा सेमेस्टरको जाँच सक्दासम्म मैले सफराज मुभमेन्टभन्दा अगाडि मताधिकार र दमनका कारण ‘सफर’ भएका महिलाहरूको आन्दोलन अहिले कतै तेस्रो त कतै चौथो चरणसम्म आईपुगेको पढ्न पाएको छु । मेरी वोल्सटनक्राफ्टदेखि बेटी फ्रीडान र चन्द्रा मोहन्तीसम्मका अधिकारकर्मीको योगदानका बारेमा पढेको हुँदा प्रष्ट भैसकेँ मैले मेरो अधिकार माग्दै छु, दाजु वा भाईको अधिकार खोसेकी छैन ।

जतिबेला महिलाहरूको शिक्षामा पहुँच थिएन, त्यतिबेला पुरुषहरू सबैतिर अग्रसर थिए । महिलाहरू घर भित्रै सिमित थिए । तर, अहिलेका महिला घर सम्हाल्दै आफ्नो अधिकारका कुरा गर्न थालेका छन् । त्यही भएर होला धेरैलाई भ्रम भइरहेको छ, ‘महिलाहरूले पुरुषको अधिकार खोस्दै छन्, पुरुषसँग बराबरी माग्दैछन् ।’

दुई हप्ता अगाडि मात्रै मेरै उमेरका एकजना पुरुष साथीले ट्विटरमा लेखेका थिए, ‘महिला अधिकारका ठुल्ठुला कुरा बिहे नहुन्जेलका लागि मात्रै हो भनेर कहिले बुझ्लान यी बहिनीहरूले ।’ एउटै पुस्तामा हुर्किएका उहाँ जस्ता पुरुष अनि मभन्दा अघिल्लो पुस्ताका समाज परिवर्तनको सपना बाँड्दै हिँड्ने नेताले कहिले बुझिदिने होला, ‘महिलाहरूले आफ्नो अधिकार मात्रै खोजिरहेका छन् । पुरुषको अधिकार खोसेका छैनन् । अब भने महिला आफै आफ्नो कुरा उठाउन तयार हुदैछन् । बिहे अघि होस् वा पछि आवाज निरन्तर उठिरहनेछ । अधिकारको कुरा गर्न निश्चित समय हुँदैन, अनि पुरुषको विरोध गर्न पनि पर्दैन ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

निर्वाचन आयोग ऐन विपरित जान्नः आयुक्त, इला शर्मा

–महिला खबर– निर्वाचन आयुक्त शर्माका अनुसार राजनीतिक दल दर्ता सम्बन्धी ऐन २०७४ को दफा १५–४ अनुसार

बलि मागिरहन्छन्, छोरीहरु छाउ गोठमा

–राधा पौडेल– ढुङ्गोलार्इ सुन्ने, आमालार्इ गोठ, मान्छेको आकृति, पशु रहेछौ बेशर्मी ।

अनुदानको आशमा ऋणको भारी

–शिंव ढुंगाना– निवेदन लिने, छानविन नै नगरी सुटुक्कै मापदण्ड फेरेर प्राधिकरणले ओखलढुंगाका ६ सय ७८ जना

बैतडीमा २८ हजार किशोरीलाई आइरन चक्की खुवाइदै‌

–महिला खबर– ललितपुर । बैतडीका किशोरीहरुलाई आइरन चक्की र फोलिक एसिड खुवाइने भएको छ ।

बालिका बलात्कार कसुरमा १० वर्ष कैद

–रुजु खतिवडा– पाँचथर । ११ वर्षीया बालिकालाई बलात्कार गर्ने एक जनालाई जिल्ला अदालत पाँचथरले १०

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: