सोमालील्यान्डमा बलात्कार बिरुद्वको कानुन पारित


प्रकाशित मिति :2018-01-10 16:31:59

 स्वघोषित गणतन्त्र सोमालिल्यान्डले इतिहासमै पहिलो पटक  बलत्कार बिरुद्वको कानुन पारित गरेको छ ।

विगतमा बलत्कार पिडितका परिवारले बेइज्जत हुनबाट बच्न तिनीहरुलाई बलत्कारीसंग बिहे गर्न दबाब दिन्थे । अब बलत्कारीले कम्तीमा ३० बर्षको जेल सजाय पाउनेछन् ।

सन् १९९१ मा सोमालील्यान्डले सोमालीयाबाट आफूलाई स्वतन्त्र घोषणा ग¥यो तर अन्तराष्ट्रिय रुपमा छुटै देश भनेर चिनिएको छैन ।
सोमालील्यान्डको संसदका प्रबक्ता भासे मोहमद फराहले बीबीसीलाई भने वलत्कारका घटना बढेका छन र उनले आशा गरेकी नयाँ कानुनले यसलाई रोक्न सहयोग गर्नेछ ।

उनले भने ‘अहिले हामीले सामुहिक बलत्कार पनि भइरहेको देखेका छौ ।’ ‘नयाँ कानुनको मुख्य जोड बलत्कारलाई पूर्ण रुपमा रोक्नु हो ।’

यो नयाँ कानुन बालबालिका तथा महिला अधिकार र अधिवक्ताहरुको बर्षौ देखिको पहल पछि आएको हो । महिला कार्यसुचि मंचकी फइसा अलि यूसुफले बिबिसिलाई भनीन्की उनीहरु धेरै लामो समयदेखि यस्तो बिधानका लागि पर्खीरहेका थिए ।

बिबिसिका एन सोयले बताएकी यो नयाँ कानुन स्वघोसित गणतन्त्रले अन्तराष्ट्रिय स्तरमा प्रजातान्त्रिक कार्यात्मक संस्थाको रुपमा चिनिन इच्छुक देखिएको सन्धर्वमा आएको छ ।
साभार : बिबिसि

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रीमती र छोरीहरुले दिए डा. देवकोटालाई दागबत्ती

-महिला खबर- डा. देवकोटाको पार्थिव शरीरमा श्रीमती डा. मधु दीक्षित देवकोटा, छोरीहरु मेधा, बसुधा र मञ्जरीले

तेजाब छर्कने प्रहरी धरौटीमा छुटे

–महिला खबर– ललितपुर । चितवनको भरतपुर महानगरपालिकामा बसोबास गर्दै आएकी महिलालाई तेजाब छर्किएर घाइते बनाउने ट्राफिक

प्रहरी र निजामती सेवामा ५० प्रतिशत महिला

–महिला खबर– ललितपुर । प्रदेश नम्बर २ ले आफ्नो प्रदेशमा प्रहरी भर्ना गर्दा ५० प्रतिशत

देशमा शान्ति आएकै छैनः मन्दिरा शर्मा, अधिकारकर्मी

–महिला खबर संवाद– न्यायका लागि कानुनी लडाइँ लड्न चाहने महिलाको उजुरी लेखेर मुद्दा लड्ने काम पनि

महिला उद्यमशिलता विकास कोषको रकम बढाउ : उद्यमी महिला

-महिला खबर- ‘७७ जिल्लामा उद्यमी महिलालाई २ लाख ५० हजारका दरले मात्रै वितरण गर्दा पनि २७

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: