नर्सद्वारा आन्दोलन घोषणा, यस्ता छन् ११ माग


प्रकाशित मिति :2018-01-10 11:55:30

–महिला खबर–

काठमाडौं । मानव अंग प्रत्यारोपण केन्द्रबाट बिनाकारण निकालिएका नर्सहरूको पुनर्वहालीको माग गर्दै नेपाल नर्सिङ संघले ११ बुँदे माग सार्वजनिक गरेको छ ।

केन्द्रका नर्सहरूमाथि भएको शोषणविरुद्ध देशभरका नर्सहरूले कालो पट्टी बाँधेर विरोध गर्ने र लगत्तै अन्य आन्दोलन जारी राख्ने भन्दै मंगलबार पत्रकार सम्मेलन गरि संघले ११ बुँदे माग सार्वजनिक गरेकोे हो ।

साउनदेखि मानव अंग प्रत्यारोपण केन्द्रले अनेक बहानामा वर्खास्त गरेका नर्सहरूको स–सम्मान पुनर्वहाली गर्न, पीडितलाई न्याय दिनुको सट्टा उल्टै धम्की दिने र स्वास्थ्य मन्त्रालयका दुइवटै समितिले सही छानविन गर्न नसकेको संघले पत्रकार सम्मेलनमा बताएको छ ।

संघका ११ बुँदे माग

१) मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनाशर्त अविलम्ब पुनर्बहाली गरियोस्।

२) अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनर्स्थापना गरियोस्।

३) जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ुनर्स बिरामीको अनुपातु सबै अस्पतालमा यथाशीघ्र लागू गरियोस्।

४) नेपाल सरकारका नर्सहरुलाई उपलब्ध गराइरहेको न्यूनतम तलबभत्ता सरह विभिन्न निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबबाट उपलब्ध गराइयोस्।

५) भोलेन्टियरका नाममा भएको नर्सको श्रमशोषण बन्द गरियोस्।

६) सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवर्धन गरी स्कुल तथा उद्योगहरुमा गुणस्तरीय नर्सिङ सेवा पुर्यामउने व्यवस्था गरियोस्।

७) सरकारी तथा निजी क्षेत्रमा कार्यरत नर्सहरुलाई लुगा भत्ता, रात्रिकालीन भत्ता, बिदा सुविधा र जोखिम भत्ता गरी सोही अनुरुप निजी स्वास्थ्य संस्थामा पनि सोही अनुपातमा लागू गरियोस्।

८) दुर्गममा काम गर्ने नर्सहरुलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति गरियोस्।

९) योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्ति विकासका लागि प्रस्ट खाका तयार गरियोस्।

१०) योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई ब्याचलर नर्सिङ, ब्याचलर नर्सिङलाई मास्टर नर्सिङ र मास्टर नर्सिङलाई पिएचडीसम्म तलबी अध्ययन बिदाको व्यवस्था गरियोस्।

११) श्रम ऐन, २०७४ सबै स्वास्थ्य क्षेत्रमा यथाशिघ्र लागू गरियोस्।

नर्सहरु आन्दोलनमा

न्यायको पक्षमा लड्दा अन्यायमा परे नर्स

 

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रीमती र छोरीहरुले दिए डा. देवकोटालाई दागबत्ती

-महिला खबर- डा. देवकोटाको पार्थिव शरीरमा श्रीमती डा. मधु दीक्षित देवकोटा, छोरीहरु मेधा, बसुधा र मञ्जरीले

तेजाब छर्कने प्रहरी धरौटीमा छुटे

–महिला खबर– ललितपुर । चितवनको भरतपुर महानगरपालिकामा बसोबास गर्दै आएकी महिलालाई तेजाब छर्किएर घाइते बनाउने ट्राफिक

प्रहरी र निजामती सेवामा ५० प्रतिशत महिला

–महिला खबर– ललितपुर । प्रदेश नम्बर २ ले आफ्नो प्रदेशमा प्रहरी भर्ना गर्दा ५० प्रतिशत

देशमा शान्ति आएकै छैनः मन्दिरा शर्मा, अधिकारकर्मी

–महिला खबर संवाद– न्यायका लागि कानुनी लडाइँ लड्न चाहने महिलाको उजुरी लेखेर मुद्दा लड्ने काम पनि

महिला उद्यमशिलता विकास कोषको रकम बढाउ : उद्यमी महिला

-महिला खबर- ‘७७ जिल्लामा उद्यमी महिलालाई २ लाख ५० हजारका दरले मात्रै वितरण गर्दा पनि २७

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: