१८ परिवारलाई संयुक्त जग्गाधनी पुर्जा


प्रकाशित मिति :2018-01-10 11:33:20

–महिला खबर–

सिन्धुपाल्चोक । भूकम्पबाट अत्यन्तै जोखिमयुक्त क्षेत्रमा परेका सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका गातीस्थित विश्वकर्मा टोलका १८ घरपरिवारलाई सुरक्षित ठाउँमा आवास निर्माणका लागि जग्गा धनी पूर्जा वितरण गरिएको छ । उनीहरूलाई श्रीमान्÷श्रीमतीको संयुक्त लालपुर्जा बनाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

राष्ट्रिय पुनर्निर्माण आयोजनाका सचिव मधुसुदन अधिकारीले भूकम्प पीडित १८ घरपरिवारलाई बाह्रविसे बजारस्थित खोर्सानीबारीमा सरकारको तर्फबाट ७ रोपनी ४ आना १ पैसा १ दाम जग्गा खरिद गरी वितरण गरिएको जानकारी दिए ।

सुरक्षित ठाउँमा आवाश निर्माणको लागि श्रीमान÷श्रीमतिको संयुक्त नाममा जग्गा धनी पुर्जा पाएपछि उनीहरू ज्यादै खुसी भएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

उदयपुरमा पुनर्ताजगी तालिम शुरु

–महिला खबर– ललितपुर । उदयपुरको गाईघाटमा ‘लैंगिक हिंसा न्यूनिकरणका लागि खोज पत्रकारिता तालिम’ शुरु भएको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: