यूएईमा ८ महिलासहित ८४ नेपालीको मृत्यु


प्रकाशित मिति :2018-01-09 16:42:54

-महिला खबर –
काठमाडौं । यूएईमा एक वर्षको अवधिमा ८ महिलासहित ८४ नेपालीको मृत्यु भएको छ । सन् २०१७ मा रोजगारीमा युएई पुगेका नेपालीहरूको सो संख्यामा मृत्यु भएको हो । मृत्यु हुनेमध्ये ४३ प्रतिशतको प्राकृतिक कारणले मृत्यु भएको जनाइएको छ ।

मृतकमध्ये आत्महत्या गर्ने ३१ प्रतिशत छन् भने दुर्घटनामा परी मृत्यु हुनेहरू २६ प्रतिशत रहेका छन् । नेपाली दूतावास अबुधावीका अनुसार ४ वर्षको रेकर्ड हेर्दा सन् २०१६ मा ६६ जना, सन् २०१५ मा ६४ जना, सन् २०१४ मा ६३ जना र सन् २०१३ मा ७० जनाको मृत्यु भएको थियो ।

यूएईमा नेपाली कामदारहरूको सरकारी तथ्यांक नभए पनि करिब दुई लाख ५० हजार नेपाली कामदार भएको अनुमान गरिन्छ । खासगरि यूएईमा नेपाली महिलाहरू घरेलु कामदार लगायतको क्षेत्रमा जाने गर्दछन् ।

यसैबीच वैदेशिक रोजगारमा गएका महिला मध्ये सन् २०१७ मा विभिन्न समस्याका कारणले १४ जना महिलाहरू नेपाल फर्कीएको पौरखी नेपालले जननाएको छ । संस्थाको तथ्यांक अनुसार सो अवधिमा २०१७ मा चोटपटकका कारण ७ जना, बच्चा सहित २ जना, गर्भ सहित ५ जना नेपाल फर्कीको जनाएको छ । यस्तै सन् २०१६ मा चोटपटकका कारण १६ जना, बच्चा सहित १ जना र गर्भ सहित पाँच जना नेपाल फर्किएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

उदयपुरमा पुनर्ताजगी तालिम शुरु

–महिला खबर– ललितपुर । उदयपुरको गाईघाटमा ‘लैंगिक हिंसा न्यूनिकरणका लागि खोज पत्रकारिता तालिम’ शुरु भएको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: