चार महिलाको जलेर मुत्यु


प्रकाशित मिति :2018-01-08 16:42:06

–महिला खबर–

काठमाडौं । पुस महिनामा आगोले जलेर चार महिलाको मुत्यु भएको छ ।

जलेर मुत्यु हुनेमा गोर्खाको गण्डकी गाउँपालिका घर भएकी ६० वर्षीया चम्पा गुरुङ रहेकी छन् । काठमाडौँ तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा बिहानी बस्ती बस्ने धनबहादुर गुरुङको घरमा पाहुना आएकी गुरुङ सुतेको कोठामा आइतबार राति आगलागी हुँदा चम्पाको जलेर मृत्यु भएको छ ।

त्यसैगरी ठाकुरबाबा नगरपालिका–९ बेतनी बस्ने ७० वर्षीया राम कुमारी चौधरीको जलेर मृत्यु भएको छ ।

घरमा सुतिरहेको अवस्थामा आइतबार चुरोटबाट बिस्तारमा आगो सल्कदा चौधरीको जलेर मृत्यु भएको हो । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

त्यस्तै खोटाङ एैसेलुखर्क गाउँपालिका–५ प्रच्युदेवल बस्ने ७३ वर्षीया बिष्णु कुमारी राईको जलेर मृत्यु भएको हे ।

बिष्णुले चुरोट खाई फालेको ठुटोबाट पुस १५ गते आफ्नै एक तले घरमा आगोलागी हुदाँ घरभित्र सुतिरहेकी उनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जनकपुर उपमहानगरपालिका १७ बस्ने ५५ वर्षीया अनारदेवी मुखियाको पनि लजेर मृत्यु भएको हो ।

पुस २ गते आफ्नै घरबाहिर आगो ताप्ने क्रममा साडीमा आगो सल्कन गई जलेर गम्भीर घाइते भएकी मुखियालाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

उदयपुरमा पुनर्ताजगी तालिम शुरु

–महिला खबर– ललितपुर । उदयपुरको गाईघाटमा ‘लैंगिक हिंसा न्यूनिकरणका लागि खोज पत्रकारिता तालिम’ शुरु भएको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: