एमाले लचिलो भएपछि राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरण


प्रकाशित मिति :2017-12-29 15:45:07

–महिला खबर–

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् ।

दलहरुका बीचमा विवादकै कारण लामो समयदेखि अध्यादेश राष्ट्रपति कार्यालयमा अड्किएको थियो । अध्यादेशलाई राष्ट्रपतिले आज शुक्रबार प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिको चाहना सबै राजनीतिक दलको सहमति होस् भन्ने रहेको भन्दै पछिल्लो राजनीतिक गतिरोधलाई अन्त्य गर्ने उद्देश्यले नै अध्यादेश प्रमाणीकरण गरेको बताए ।

यसबीचमा राष्ट्रपति भण्डारीले राजनीतिक सहमति जुटाउन पटक–पटक प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेतासँग संवाद गरेकी थिइन् ।

सो अध्यादेश सरकारले गत कात्तिक पहिलो साता राष्ट्रपतिसमक्ष पेश गरेको थियो ।

किन अडिकएको थियो अध्यादेश प्रमाणीकरण ?

एकल संक्रमणीय कि बहुमतीय मत प्रणाली भन्ने विवादका कारण यो अध्यादेश लामो समयदेखि शीतल निवासमा अड्एिको थियो । कांग्रेस नेतृत्वको सरकारले एकल संक्रमणीयको व्यवस्थासहित अध्यादेश सिफारिस गरेको थियो ।

तर, नयाँ सरकारको नेतृत्व गर्ने तयारीमा रहेको एमालेले त्यसको विरोध गर्योा । अध्यादेश नहुँदा राष्ट्रियसभाको निर्वाचन हुन सकेन भने प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट समेत सार्वजनिक भएको थिएन ।

एमाले आफ्नो अडानमा लचिलो भएपछि शुक्रबार अध्यादेश जारी भएको छ । अध्यादेश प्रमाणीकरणसँगै अब सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति तोक्नेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

उदयपुरमा पुनर्ताजगी तालिम शुरु

–महिला खबर– ललितपुर । उदयपुरको गाईघाटमा ‘लैंगिक हिंसा न्यूनिकरणका लागि खोज पत्रकारिता तालिम’ शुरु भएको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: