कुबेत जान लागेकी महिलाको दिल्लीबाट उद्धार


प्रकाशित मिति :2017-12-19 13:26:08

–महिला खबर–

काठमाडौं । दिल्ली हुँदै तेस्रो मुलुक पुर्याउन लागेकी एक महिलाको भारतको दिल्लीबाट उद्धार गरिएको छ । मानव बेचविखन तथा लैङ्गिक हिंसा विरुद्ध क्रियाशील के.आई. नेपालले रोजगारीको लागि कुबेत जान लागेकी महिलाको उद्धार गरेको हो ।

मेचीनगर झापा घर भएकी ४० वर्षीया महिलालाई मनिषा शिवाकोटी नाम गरेकी एक महिलाले कुबेतमा रोजगारीको लागि पठाउने बहानामा दिल्ली पुर्याएर नौसाद नामक एक भारतीय व्यक्तिको जिम्मा लगाई आफू त्यहाँवाट फरार भएको पिडीत महिलाले बताएकी छन् ।

केही समय अगाडि भारतका विभिन्न सामाजिक संघ संस्थासँगको भेटघाट र छलफलको क्रममा के. आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराई र दिल्ली महिला आयोग प्रमुख स्वाती मलिवालबीच बेचबिखनमा परेका नेपाली महिला तथा बालबालिकाहरूको उद्धार र पुनस्र्थापना कार्यमा सहकार्य गर्ने सहमति भए बमोजिम दिल्ली महिला आयोग र के.आई. नेपालले दिल्लीको कमालपुर क्षेत्रमा छापा मारेर उक्त महिलाको उद्धार गर्न सफल भएको हो ।

नेपाली महिलाहरूलाई भारत हुँदै तेस्रो मुलुकममा रोजगारीको बहानामा पुर्याउने कार्यका पुरै गिरोह सक्रिय रहेको स्वीकार गरेका नौसादलाई पुलिसले पक्राउ गरेको छ । रोजगारीको वहानामा दिल्लीमा अन्य नेपाली महिलाहरू पनि यसरी नै वन्धक बनाएर राखिएको हुन सक्ने आशंका व्यक्त गर्दै दिल्ली महिला आयोगले यस घटनाप्रति गम्भीर भएको बताएको छ ।

विगतका वर्षहरूमा झै यस वर्ष पनि दुई महिनाको अन्तरालमा ३ महिला तथा तीन किशोरीको उद्धार गरि परिवारमा पुनर्मिलन गराएको संस्थाका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लोग्ने मान्छे

–रेनुका कार्की– बजारमा बिक्ने भइस् हजारमा साँटिने भइस्, थुइक्क ! तँ जस्ता निर्दयी लोग्ने मान्छे ।

फेसबुकमा अस्लील फोटो राखेर धम्काउने पक्राउ

नवलपरासी । फेसबुक प्रोफाईलमा महिलाको तस्वीर राखेर अश्लिल फोटो पोष्ट गर्दै धम्काउने एक युवालाई नवलपरासी

बलात्कारको अभियोगमा पक्राउ

–महिला खबर– ललितपुर । बाग्मती गाउँपालिका–६ स्याउले थुम्काका एक युवालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको छ

यौन हिंसा पीडित खेलाडीलाई क्षतिपूर्ति

ललितपुर । अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: