निर्वाचन भव्यताका साथ सम्पन्न, यस्तो रह्यो महिला सहभागिता


प्रकाशित मिति :2017-12-07 18:38:48

-महिला खबर-

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरण निर्वाचनअन्तर्गत ४५ जिल्लामा बिहीबार सम्पन्न भएको छ। राजधानीसहित देशका पहाडी तथा तराईका ४५ जिल्लामा मतदान छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो ।

प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभातर्फ २५६ गरी जम्मा ३८४ निर्वाचन क्षेत्रका लागि मतदान भएको छ। १५ हजार ३४४ मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान भएको हो।

दोस्रो चरण निर्वाचनमा प्रतिनिधिसभातर्फ १३० महिलासहित एक हजार ६६३ र प्रदेशतर्फ २२० महिलासहित दुई हजार ८१९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। पहिलो चरण निर्वाचनमा दुवैतर्फ गरी ७०२ जना मैदानमा थिए । देशभरका मतदान केन्द्रमा महिलाको उत्साहजनक सहभागिता रह्यो । तस्विरः लिलाराज भट्टराई, कविता थापा, पार्वती पाण्डे, जमुना वर्षा शर्मा र विभिन्न व्यक्तिको फेसबुकबाट ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लोग्ने मान्छे

–रेनुका कार्की– बजारमा बिक्ने भइस् हजारमा साँटिने भइस्, थुइक्क ! तँ जस्ता निर्दयी लोग्ने मान्छे ।

फेसबुकमा अस्लील फोटो राखेर धम्काउने पक्राउ

नवलपरासी । फेसबुक प्रोफाईलमा महिलाको तस्वीर राखेर अश्लिल फोटो पोष्ट गर्दै धम्काउने एक युवालाई नवलपरासी

बलात्कारको अभियोगमा पक्राउ

–महिला खबर– ललितपुर । बाग्मती गाउँपालिका–६ स्याउले थुम्काका एक युवालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको छ

यौन हिंसा पीडित खेलाडीलाई क्षतिपूर्ति

ललितपुर । अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: