महिला र युवाका मुद्धालाई सम्वोधन गर्न महाभेलाः नरेन्द्र खतिवडा, सहसंयोजक


प्रकाशित मिति :2017-12-06 16:33:46

–महिला खबर संवाद–

यही मंसिर २३ देखि २५ गतेसम्म काठमाडौंमा नवौं मानव अधिकार राष्ट्रिय महाभेला २०७४ हुँदैछ । ६९ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा महाभेलाको आयोजना गर्न लागिएको हो । महाभेलाले महिला र युवाका समस्याहरूलाई विशेष सम्बोधन गर्ने जनाएको छ ।

यसैबीच महिला खबरले राष्ट्रिय महाभेलाका सहसंयोजक एवम् युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन्द्र खतिवडासँग महाभेलामा महिलाका के कस्ता कुराहरूमा छलफल र बहस हुन्छ भन्ने विषयमा कुराकानी गरेको छ ।

मानव अधिकार राष्ट्रिय महाभेला भनेको के हो ?

मानव अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था, जो विगतका दिनहरूमा छुट्टा–छुट्टै ढंगले अन्तर्राष्ट्रिय मानव अधिकार दिवस अर्थात डिसेम्बर १० तारिख मनाउँथे । त्यहि समयमा यो पनि मनाउँन लागेको हो । तर हाम्रो तत्कालिन अवस्थाको बुझाई सबै मानवअधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाहरूले अन्तर्राष्ट्रिय मानव अधिकार दिवस एकै थलोमा आएर मनाउनुपर्छ भन्ने हो ।

मानव अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाहरू एउटै प्लेट फर्ममा छन् भनेर सन्देश सम्प्रेषण गर्नका लागि सन् २०१० देखि मानव अधिकार महाभेला मनाउँदै आएका छौं ।

यो वेलायतमा २०१३ तिर तत्कालिन संसद र राजाबिचमा ठूलो विवाद भएको र संसदवादी शक्तिले जितेपछी एउटा सम्झौता भएको थियो । जसलाई हामी म्याग्नाकाटा भनेर भन्छौ ।

मानव अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाले पनि एउटै प्लेट फर्ममा यो दिवस मनाउँदा सान्र्दभिक हुने ठानेर हामीले यो महाभेला गर्दै आएका छौं ।

भेलाको उद्देश्य ?

विभिन्न मानव अधिकार, महिला, दलित, युवा र अपाङ्गताका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरू छन् । तिनीहरूलाई एउटै थलोमा ल्याउने र उनीहरूको सम्वन्ध, सहकार्यलाई सुदृढ गर्ने यसको एउटा उद्देश्य हो । अर्को मानव अधिकारसँग सम्वन्धित जुन साझा सवालहरू छन्, ती सवालहरूलाई एकीकृत बनाएर राज्य पक्षलाई सशक्त ढंगले हस्तक्षेप गर्ने भन्ने हो ।

अहिले पछिल्लो समय मानव अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरू पनि फुटेको अवस्था छ । एक अर्काकाविचमा सम्बन्ध सहकार्य छैन् । एकले अर्कालाई दोष लगाउने प्रवृति बढ्दो छ । यसले नकारात्मक सन्देश दिएको छ । यस्तो प्रवृतिलाई चिरेर समाजको सकारात्मक परिवर्तनका लागि गैर सरकारी संस्थाहरू पनि एक ठाउँमा हुन जरुरी छ भन्ने यो भेला मार्फत सन्देश दिन खोजेका छौं ।

महाभेलामा क–कसको सहभागिता रहन्छ ?

भेलामा मुख्यगरी मानव अधिकार, महिला, दलित, युवा र अपाङगताका क्षेत्रमा काम गर्ने संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

हाम्रो पहिलो र दोस्रो दुई चरणमा भेला हुनेछ । भेलाको उद्घाटन राष्ट्रपति विद्या भण्डारीबाट हुने कार्यक्रम छ । जसमा मानव अधिकारकर्मी लगायतले मन्तव्य राख्ने कार्यक्रम छ ।

तीन दिनसम्म चल्ने भेलामा विषयगत कार्यपत्र प्रस्तुत हुनेछन् । जस्तो कि लैंगिक हिंसा, युवाको रोजगारी, समग्र मानवअधिकार, दलितका अधिकार, जनजातिका अधिकार लगायतको विषयमा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम छ ।

प्रस्तुत प्रतिवेदनहरूमा टिप्पणी, छलफल हुनेछ । कार्यपत्रहरू पछि पुस्तकका रुपमा प्रकाशन गर्नेछौ । महिला र युवाका विषय यो महाभेलाले उठान गर्नेछ । भेलामा महिला युवाहरूको पनि उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

नेपालमा मानवअधिकारको अवस्था कस्तो पाउनुभएको छ ?

नेपालको कुरा गर्दा यहाँ मान्छेको बाँच्न, हिँड्न पाउने र राजनीतिक अधिकार पूर्णरुपमा सुनिश्चित हुन सकेको छैन् ।

निर्वाचनकै सन्र्दभमा हेर्दा पनि ठाउँठाउँमा बम हानिएको छ । मानव अधिकार उल्लंघनका घटनाहरू बढ्दो छ । यसले गर्दा मान्छेको राजनीतिक अधिकार चुनौतीपूर्ण बनेको सहजै अनुमान गर्न सकिन्छ । अझ राजनीतिक अधिकारभित्र पनि महिला, दलित, जनजातिका अधिकारहरू सुनिश्चित हुन सकेका छैनन् ।

केही सकारात्मक परिवर्तनहरू पनि नभएका होइनन् । स्वास्थ्य, शिक्षा, रोजगार लगायतका क्षेत्रमा पहिलेको भन्दा सुधार आएको छ । आर्थिक वृद्धिदर बढेको अवस्था छ । अर्को धेरै अधिकारहरू संविधानले पनि आधारभूत अधिकारका रुपमा राखिएको छ । यति हुँदाहुँदै पनि नेपालमा मानवअधिकारको अवस्था सन्तोषजनक छ भन्ने अवस्था भने छैन ।

महाभेलाले महिला के कुरामा जोड दिन्छ ?

हाम्रो महाभेलाले मुख्यत महिला हिंसा, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयमा छलफल हुन्छ । अर्को महिलाहरूको राजनीतिक प्रतिनिधित्व, सहभागिता र पहुँचको विषहरूलाई पनि उठान गरिनेछ ।

महिलाहरू अधिकार सम्पन्न नभएसम्म मानवअधिकार पूर्ण हुँदैन, यो कुरालाई महाभेलाले सम्बोधन गर्न सक्ला ?

अवश्य सक्छ । महिलाहरूको सामाजिक, आर्थिक, राजनीतिक, साँस्कृतिक लगायतका अधिकारहरू सुनिश्चित नगरिएसम्म समग्र मानवअधिकारको संरक्षण, सवद्र्धन र प्रवद्र्धन हुन सक्दैन भन्ने कुरामा हामी प्रष्ट छौं ।

मानव अधिकार महाभेलाको नारा नै ‘विकास र समृद्धिको आधार, महिला र युवालाई समान अवसर’ भन्ने छ । यो पटकको महाभेलाले महिला, युवा लगायतका मुद्धाहरूलाई गम्भीर रुपमा छलफल, वहस गनेछौ । छलफलका आधारमा आएका निचोडलाई भेलाको अन्तिम दिन मानव अधिकार घोषणापत्र जारी गरी सरकारको गम्भीर ध्यानकर्षण गर्नेछौं ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लोग्ने मान्छे

–रेनुका कार्की– बजारमा बिक्ने भइस् हजारमा साँटिने भइस्, थुइक्क ! तँ जस्ता निर्दयी लोग्ने मान्छे ।

फेसबुकमा अस्लील फोटो राखेर धम्काउने पक्राउ

नवलपरासी । फेसबुक प्रोफाईलमा महिलाको तस्वीर राखेर अश्लिल फोटो पोष्ट गर्दै धम्काउने एक युवालाई नवलपरासी

बलात्कारको अभियोगमा पक्राउ

–महिला खबर– ललितपुर । बाग्मती गाउँपालिका–६ स्याउले थुम्काका एक युवालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको छ

यौन हिंसा पीडित खेलाडीलाई क्षतिपूर्ति

ललितपुर । अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: