लैंगिक हिंसा विरुद्ध सडक नाटक


प्रकाशित मिति :2017-12-06 15:05:08

-महिला खबर-
दोलखा । लैंगिक हिंसा विरुद्ध १६ दिने अन्तराष्ट्रिय अभियानको अवसरमा बुधवार चरिकोटमा सडक नाटक प्रर्दशन गरिएको छ ।

‘लैंगिक हिंसा अन्त्यको लागि सबै जुटौ, कोहि नछुटौ भन्ने’ नाराका साथ प्रर्दशन गरिएको सडक नाटकमा लैंगिक हिंसाको प्रकृति, त्यसको प्रभाव, कानुनी उपचार र लैंगिक हिंसा अन्त्यको लागि सरोकारवालाहरूले खेल्नु भूमिकाको बारेमा अभिनय मार्फत जानकारी गराइएको थियो ।

तस्विरः सडक नाटक प्रर्दशन गर्दै कलाकारहरू ।

उज्यालो भविष्य संस्थाको आयोजनामा भएको सडक नाटकमा महिला तथा बालबालिका कार्यालय दोलखा, सिविन नेपाल लगाएतले सहयोग गरेको उज्यालो भविष्य संस्थाका राजन वस्नेतले बताए ।

त्यसैगरी १६ दिने अन्तराष्ट्रिय अभियानकै क्रममा बुधवार सरोकारवाला निकायहरूसंग लैंगिक हिंसा अन्त्यको लागि खेल्नुपर्ने भूमिका र कानुन कार्यान्वयनमा सरोकारवाला निकायले गर्नुपर्ने सहयोग लगायतका विषयमा छलफल भएको जिल्ला बाल कल्याण समितिको सूचना व्यवस्थापक अधिकृत शान्ती खत्री खड्काले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लोग्ने मान्छे

–रेनुका कार्की– बजारमा बिक्ने भइस् हजारमा साँटिने भइस्, थुइक्क ! तँ जस्ता निर्दयी लोग्ने मान्छे ।

फेसबुकमा अस्लील फोटो राखेर धम्काउने पक्राउ

नवलपरासी । फेसबुक प्रोफाईलमा महिलाको तस्वीर राखेर अश्लिल फोटो पोष्ट गर्दै धम्काउने एक युवालाई नवलपरासी

बलात्कारको अभियोगमा पक्राउ

–महिला खबर– ललितपुर । बाग्मती गाउँपालिका–६ स्याउले थुम्काका एक युवालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको छ

यौन हिंसा पीडित खेलाडीलाई क्षतिपूर्ति

ललितपुर । अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: