पानी दिनेलाई मात्रै भोट दिने अडान


प्रकाशित मिति :2017-12-06 13:58:23

यमुना खनाल\महिला खबर

सिराहा । निर्वाचनको एक दिनमात्रै बाँकी रहँदा सिराहाको धनगढीमाई नगरपालिका वडा नम्बर ९ महतोटोलका महिलाहरूले खानेपानी समस्या समाधान गर्नेलाई मात्र भोट दिने बताएका छन् ।

महतोटोलकी चन्द्रकला महतोका अनुसार महतो टोलमा २५ घरधुरीको लागि एउटा बोरिङ छ । त्यसमा बिहान दुई घन्टा मात्रै पानी आउँछ । २० घरका स्थानीयले त्यही बोरिङबाट पालैपालो पानी भर्नुपर्ने बाध्यता छ । एक धरधुरीले दिनमा १० भाँडा पानी पाउँछन् । तर त्यो पनि एकै पटक १० भर्न पाउँदैनन् । २० घरधुरीले दुई–दुई भाँडा पानी भरेपछि पुन अर्को दुई भाडाको पालो आउँछ । कहिले सबैको पालो पुर्याउँदै जाँदा पानी बन्द हुन्छ । उनीहरू पानी भर्नकै लागि रातभर जागै बस्छन् । कहिले राती १२ बजे पानी आउँछ ।

पानीकै लागि आधा रातमै उठ्नुपर्ने सुनाउँदै स्थानीय अन्जना दाहाल भन्छिन् ‘हाम्रो पहिलो माग खानेपानी हो, खानेपानी समस्या जसले समाधान गर्छ, उसैलाई मत दिन्छौं ।’ पानीका कारण छरछिमेकी बीचमा पनि झगडा हुन्छ ।

पानीको अभावमा सारै दुख महतोटोलका महिलाहरूलाई । त्यसैले पानीको व्यवस्था गर्ने उम्मेदवारलाई मात्र मत दिने उनीहरूले अडान लिएका छन् । गााउँमा इनार खनाउँने र बोरिङ धसाई दिए मात्र पनि तत्कालको लागी पानीको समस्या टर्ने स्थानीय रीता महतोले बताइन् ।

‘पानी नहुँदा पाँच किलो मिटर टाढाबाट ठूलो भाँडो टाउकोमा बोकेर ल्याउनुपर्ने महिलाको बाध्यता छ । पानी ल्याउन पुरुषले पनि सहयोग गर्दैनन्’ रीताले दुखेसो पोखिन् । एक सय ६० फीट तलबाट पानी तान्दा महिलाहरूलाई पाठेघर सम्बन्धी समस्या हुने गरेको छ ।

बिगतका चुनावमा पानीको समस्या समाधान गर्छौ भन्दै उम्मेदवारहरूले आश्वासन बाडे पनि पानी नदिएको भन्दै अब आश्वासनका भरमा भोट नहाल्ने पनि उनीहरूको अडान छ ।

पाँच किलो मिटर टाढा कसाहा, चियाबारीसम्म पुगेर पानी ल्याउनु पर्ने बाध्यता महिलाहरूको छ । स्थानीय रिता भन्छिन् ‘पाँच किलो मिटर टाढाबाट ठूला हन्डीमा पानी भरे ल्याउनु पर्छ, त्यसमा पनि पानी माथि हुँदैन । सय हात तल इनारबाट तान्नु पर्छ ।’ यसरी महिलाले टाढाटाढाबाट पानी बोकेर ल्याउँदा र सय हात तल बाट पानी तान्दा धेरै महिलालाई पाठेघर खस्ने समस्या हुने गरेको स्थानीय अन्जना दाहाल बताउँछिन् ।

पानीकै कारण गर्भवती र सुत्केरी महिलालाई ठूलो समस्या हुने गरेको उनीहरूले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लोग्ने मान्छे

–रेनुका कार्की– बजारमा बिक्ने भइस् हजारमा साँटिने भइस्, थुइक्क ! तँ जस्ता निर्दयी लोग्ने मान्छे ।

फेसबुकमा अस्लील फोटो राखेर धम्काउने पक्राउ

नवलपरासी । फेसबुक प्रोफाईलमा महिलाको तस्वीर राखेर अश्लिल फोटो पोष्ट गर्दै धम्काउने एक युवालाई नवलपरासी

बलात्कारको अभियोगमा पक्राउ

–महिला खबर– ललितपुर । बाग्मती गाउँपालिका–६ स्याउले थुम्काका एक युवालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको छ

यौन हिंसा पीडित खेलाडीलाई क्षतिपूर्ति

ललितपुर । अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: