जाँगरिली उपमेयर


प्रकाशित मिति :2017-12-06 12:57:02

-नरेन्द्र बस्नेत-

बेलबारी । अध्ययन र साहित्य सिर्जनामा रमाइरहेकी ढाकाकुमारी पराजुलीको दिनचर्या स्थानीय निकायको निर्वाचनमा मोरङको बेलबारी नगरपालिकाको उपमेयरमा बिजयी भएसँगै फेरियो ।

भोजपुरको साम्पाङमा जन्मिएर त्यहीबाट औपचारिक शिक्षा लिँदै सुकुना बहुमुखी क्याम्पस मोरङबाट नेपालीमा स्नातोकोत्तर गरेकी उनी साहित्य लेखन र वाचनमा बिशेष रुचि राख्थिन् । नीजि विद्यालय सञ्चालन गरेर शिक्षण समेत गर्दै आएकी उनलाई स्थानीय तहको निर्वाचनमा उपमेयरमा विजयी भएपछि थुप्रै जिम्मेवारी थपियो ।

स्थानीय निकायमा थपिएको जिम्मेवारी, पार्टीको जिम्मेवारी र परिवारको जिम्मेवारी यी सबै कुराहरूलाई संयोजन गर्दै उनले मेहनत गर्न सके जे कुरामा पनि सफलता हात पार्न सकिन्छ भन्ने उदाहरण पेस गरेकी छिन् ।

पराजुलीले आफूले मात्र नभई छिमेकीलाई समेत काम गर्न सिकाइरहेकी छिन् । सुरुमा उपमेयर पराजुलीले उर्लाबारीबाट १० पोका च्याउको बिउ किनेर ल्याइन् । उनले पाँच पोका घरमा राखिन् भने पाँच पोका छिमेकीलाई रोप्न दिइन् । एक महिनाअघि किनेर ल्याएको च्याउको बिउको प्रतिफल अहिले उनले पाउँन थालेकी छन् ।

उनले पाँच पोका बिउबाट ५० किलोभन्दा बढी च्याउ उत्पादन गरेको बताइन् । ‘राजनीति र समाजसेवामा लागेपछि घरमा केहि गर्न भ्याईंदैन । बिहान बेलुका समय निकालेर रोपेको च्याउ अहिले राम्रो आम्दानीको श्रोत हुँदो रहेछ भन्ने मलाई लाग्यो’ उनले भनिन । आफैले उत्पादन गरेका च्याउ अग्र्यानिक पनि हुने भएकाले नगरपालिकामा आफ्नो पहिलो काम पनि च्याउ खेतीकै प्रवद्र्धन रहने उनले बताइन् ।

साहित्य सिर्जनासँगै समाजसेवा र राजनीतिमा समेत सक्रिय पराजुलीले नेपाललाई कृषिप्रधान देश भनिए पनि त्यस अनुसारको काम भने नभएकाले सचेतनाका लागि च्याउ रोपेको उनले बताइन् ।

बजारमा अहिले च्याउ प्रतिकिलो २ सय देखी २ सय ५० रुपैयासम्ममा खरिद बिक्रि हुने गरेको छ । उपमेयरको यो कार्यप्रति अन्य छिमेकी समेत सो खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लोग्ने मान्छे

–रेनुका कार्की– बजारमा बिक्ने भइस् हजारमा साँटिने भइस्, थुइक्क ! तँ जस्ता निर्दयी लोग्ने मान्छे ।

फेसबुकमा अस्लील फोटो राखेर धम्काउने पक्राउ

नवलपरासी । फेसबुक प्रोफाईलमा महिलाको तस्वीर राखेर अश्लिल फोटो पोष्ट गर्दै धम्काउने एक युवालाई नवलपरासी

बलात्कारको अभियोगमा पक्राउ

–महिला खबर– ललितपुर । बाग्मती गाउँपालिका–६ स्याउले थुम्काका एक युवालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको छ

यौन हिंसा पीडित खेलाडीलाई क्षतिपूर्ति

ललितपुर । अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: