मानव अधिकार राष्ट्रिय महाभेला मंसिर २३ गतेदेखि


प्रकाशित मिति :2017-12-06 12:03:25

-महिला खबर-

काठमाडौं । नवौं मानव अधिकार राष्ट्रिय महाभेला २०७४ यहि मंसिर २३ गतेदेखि सुरु हुने भएको छ ।

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी ६९ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा महाभेलाको आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।

डिल्लीबजारको नेपाल सांस्कृतिक संघमा हुने महाभेला २३ गतेदेखि २५ गतेसम्म चल्नेछ ।

महाभेलाको नारा ‘हाम्रो अधिकार, हाम्रो स्वतन्त्रताः सधैँका लागि’ भन्ने अन्तर्राष्ट्रिय नारा तथा ‘समृद्धि र विकासको आधारः युवा र महिलालाई समान अवसर’ भन्ने तय गरिएको छ । महाभेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महाभेला आयोजक समितिका राष्ट्रिय संयोजक लिली थापाले तीन दिने महाभेलामा महिला र युवसंग जोडिएका विषयमा सरोकारवाला पक्षसँग गहन छलफल गरेर निकालिने निचोड सरकारलाई दिइने बताइन् । उनले मानव अधिकार संरक्षणका लागि राज्यको गंभिर ध्यानाकर्षण गराउन यस्ता सम्मेलन फलदायी हुने विश्वास पनि व्यक्त गरिन् ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष गोपाल लम्सालले, संविधानले व्यवस्था गरेको मानव अधिकारसंग जोडिएका विषयलाई गाउंतहसम्म पु¥याउन महाभेला गर्नु परेको बताए ।

आठौँ मानव अधिकार राष्ट्रिय महाभेलाका संयोजक एवं अधिकारकर्मी सुनी लामाले देशमा परिवर्तन भएको राजनीतिक प्रणालीले समयसापेक्ष मानव अधिकारका क्षेत्रलाई सबै नागरिकको पहुँचमा पु¥याउन खोजे पनि केही प्राविधिक कारणले संविधानका यी प्रावधान प्रभावकारी कार्यान्वयन हुन नसकेकामा चिन्ता व्यक्त गरिन् ।

राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकार राष्ट्रिय महाभेला मूल आयोजक समितिले आठ वर्षदेखि संयुक्त रुपमा आयोजनामा गर्दै आएको महाभेला यस वर्ष न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल, संकल्प र युथ एडभोकेसी नेपालको संयोजकत्वमा हुन लागेको हो ।

भेलामा भूकम्पपछिको पुनर्निर्माण स्थलगत अध्ययन प्रतिवेदन, अपांगता भएका महिला माथि हुने हिंसा, दोलखा जिल्लामा स्थानीय तहमा निर्वाचित महिला नेताहरूको कार्य अनुभव, युवाहरूको लागि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्तावना २२५० कार्यान्वयन लगायतका विषयगत कार्यपत्र प्रस्तुत गरिनेछ ।

छलफलका आधारमा आएका निचोडलाई भेलाको अन्तिम दिन मानव अधिकार घोषणापत्र जारी गरी सरकारको गम्भीर ध्यानकर्षण गर्ने कार्यक्रम रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लोग्ने मान्छे

–रेनुका कार्की– बजारमा बिक्ने भइस् हजारमा साँटिने भइस्, थुइक्क ! तँ जस्ता निर्दयी लोग्ने मान्छे ।

फेसबुकमा अस्लील फोटो राखेर धम्काउने पक्राउ

नवलपरासी । फेसबुक प्रोफाईलमा महिलाको तस्वीर राखेर अश्लिल फोटो पोष्ट गर्दै धम्काउने एक युवालाई नवलपरासी

बलात्कारको अभियोगमा पक्राउ

–महिला खबर– ललितपुर । बाग्मती गाउँपालिका–६ स्याउले थुम्काका एक युवालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको छ

यौन हिंसा पीडित खेलाडीलाई क्षतिपूर्ति

ललितपुर । अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: