सुविधायुक्त प्रसुती सेवाले इलाइची खुसी


प्रकाशित मिति :2017-12-06 11:15:44

पार्वती पाण्डे \महिला खबर

कपिलवस्तु । युनाईटेड नेशनल हस्पिटल प्रा. लि.४ नं. जितपुर कपिलवस्तुले पहिलो पटक सल्यक्रियाद्वारा प्रसुती सेवा दिएको छ । अस्पतालले मेजर अप्रेशनबाट शिशु निकालेको छ । सर्वसाधारण जो कोहिलाई पनि सुविधा सम्पन्न प्रसुती सेवा दिने उद्देश्यले यो सेवा प्रारम्भ गरिएको अस्पतालका कार्यकारी निर्देशक सुन्दर आचार्यले जानकारी दिए ।

अस्पतालमा आफ्नो सन्तानका साथमा इलाइची ।

अस्पतालमा सुत्केरी हुन आएकी जिल्लाको गोटिहवाकी इलाइची गुप्ता सल्यक्रियाद्वारा सजिलो गरि छोरा जन्मिदा खुसी भइन् । यस भन्दा अगाडि दुई पटक छोरा र छोरी जन्माउँदा निकै कठिन भएको र सन्तान पनि नबाचेको स्मरण गर्दै गुप्ता यस पटक डाक्टरले आफू र सन्तानलाई सकुशल गराएकोमा हर्षित थिइन् ।

उनका श्रीमान गणेश कुमार गुप्ता पनि अस्पतालबाट राम्रो सेवा पाएकोमा खुसी देखिन्थे । जिल्लामा प्रसुती सेवा राम्रो पाएमा कोहि पनि नागरिक जिल्ला बाहिर नजाने बताउँदै जिल्लामा राम्रो सुविधायुक्त अस्पताल आवश्यक रहेको उनले औल्याए ।

२०६५ सालमा सञ्चालनमा आएको यस अस्पताले ओ.पी.डी. सेवा, बाल स्वास्थ्य, खोप तथा पोषण परामर्श सेवा, पुर्व प्रसुती तथा सुरक्षित प्रसुती सेवा, परिवार नियोजन, प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतन परामर्श लगायतका सेवाहरू प्रदान गर्दै आएको छ ।

विशेष गरेर जिल्लामा सुविधा सम्पन्न प्रसुती सेवा नहुँदा धैरै महिला सुत्केरीका लागि जिल्लाबाहिर जानु पर्ने बाध्यता थियो र कतिपयले समयमा उपचार नपाउँदा ज्यान गुमाउनु पर्ने अवस्था समेत थियो ।

अस्पतालमा भएको सुविधा सम्पन्न प्रसुती सेवाले जिल्लाका साथै छिमेकि जिल्ला अर्घाखाँचीका महिलाहरूलाई पनि सुत्केरी हुन सहज हुने शिक्षक रक्षा शर्माले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लोग्ने मान्छे

–रेनुका कार्की– बजारमा बिक्ने भइस् हजारमा साँटिने भइस्, थुइक्क ! तँ जस्ता निर्दयी लोग्ने मान्छे ।

फेसबुकमा अस्लील फोटो राखेर धम्काउने पक्राउ

नवलपरासी । फेसबुक प्रोफाईलमा महिलाको तस्वीर राखेर अश्लिल फोटो पोष्ट गर्दै धम्काउने एक युवालाई नवलपरासी

बलात्कारको अभियोगमा पक्राउ

–महिला खबर– ललितपुर । बाग्मती गाउँपालिका–६ स्याउले थुम्काका एक युवालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको छ

यौन हिंसा पीडित खेलाडीलाई क्षतिपूर्ति

ललितपुर । अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: