महिला कर्मचारीले मात्रै चुनाव गराउने


प्रकाशित मिति :2017-12-05 14:51:05

-महिला खबर-

दैलेख । दैलेखका दुई वटा मतदान केन्द्रमा महिला मात्र कर्मचारी रहने भएका छन् । दैलेखको नारायण नगपालिकास्थित त्रिभुवन मा.वि. मतदान स्थलका दुई केन्द्रमा मतदान अधिकृतसहित सबै कर्मचारी र सुरक्षाकर्मी महिला खटिएका छन् ।

त्रिभुवन मा.वि. मतदान केन्द्र ‘क’ मा महिला विकास अधिकृत अनिता ज्ञवाली र ‘ख’ मा जिल्ला प्रशासन कार्यालयकी नासु दुर्गा खनाल मतदान अधिकृत रहेका छन् ।

महिला सक्षम छन् भन्ने विश्वाससाथ दुई केन्द्रमा महिलामात्रै खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रमेश श्रेष्ठले बताए । ‘यसलाई नमुना मतदान केन्द्रका रूपमा लिइएको छ ।’ उनले भने, ‘व्यवस्थापनमा सहज होस् भनेर नजिकैका केन्द्रमा महिला कर्मचारी खटाइएको हो ।’

दैलेखमा रहेका १ सय ९६ केन्द्रमध्ये दुईसहित ७ केन्द्रमा महिला मतदान अधिकृत खटाइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लोग्ने मान्छे

–रेनुका कार्की– बजारमा बिक्ने भइस् हजारमा साँटिने भइस्, थुइक्क ! तँ जस्ता निर्दयी लोग्ने मान्छे ।

फेसबुकमा अस्लील फोटो राखेर धम्काउने पक्राउ

नवलपरासी । फेसबुक प्रोफाईलमा महिलाको तस्वीर राखेर अश्लिल फोटो पोष्ट गर्दै धम्काउने एक युवालाई नवलपरासी

बलात्कारको अभियोगमा पक्राउ

–महिला खबर– ललितपुर । बाग्मती गाउँपालिका–६ स्याउले थुम्काका एक युवालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको छ

यौन हिंसा पीडित खेलाडीलाई क्षतिपूर्ति

ललितपुर । अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: