एचआइभी संक्रमणबाट बच्न मलावीमा महिलाको लागि नयाँ साधन


प्रकाशित मिति :2017-12-05 14:20:39

मध्य अफ्रिकी महादेशको मलावी राज्यमा महिलाले गोलाकार साधन गुप्तांगभित्र हालेर एचआइभी संक्रमणबाट बच्ने कोशिश गरिरहेका छन् । यदि यौन सम्बन्ध राख्ने पुरुषले कन्डमको प्रयोग गरेनन् भने यो साधनले संक्रमणबाट बचाउन सक्छ ।

“एचआइभी संक्रमणबाट हामी सबै दिक्क भएका छौं । त्यसैले यसबाट जोगिन महिला जागरुक भएका छन् र यो साधनको प्रयोग गरिरहेका छन्,” एगनीस मलेमीया भन्छिन् ।

उनीहरु यो संक्रमणबाट चिन्तित छन् । यो गोलाकारमा बनेको साधनलाई सिलिकन रिङ्ग भनिन्छ । यसमा एचआइभी संक्रमणबाट बचाउने औषधिपनि हालिएको हुन्छ र यसलाई गुप्तांगभित्र राखिन्छ । महिलाले यो पुरुषलाई थाहा नदिइकन गोप्यरुपमा प्रयोग गर्न सक्छन् ।

“म एक नर्स र सुत्केरी गराउने महिला हुँ । मैले सामुदायिक स्वास्थ्यमा तालिम पनि लिएको छु । मैले यो परियोजनामा सबथोक अर्पेकी छु,” मलेमीया भन्छिन् ।

“मलावीमा एचआइभीको अवस्था भयावह थियो । हाम्रा स्वास्थ्य सेवाका कक्षहरु खचाखच भरिन्थे । यस्तो लाग्थ्यो कि सम्पूर्ण देश नै विरामी छ । सबै यसबाट केही न केहीरुपमा प्रभावित थिए । धेरैले आफ्ना प्रिय व्यत्तिहरु गुमाएका थिए,” उनी भन्छिन् ।

प्रत्येक हप्ता ७,००० भन्दा बढी नयाँ एचआइभी संक्रमणहरु अफ्रिकाको सवसाहरा क्षेत्रको महिलामा देखिने गरेका छन् । यो संक्रमण रोक्न कन्डमको प्रयोग गर्न सकिन्छ ।

“तर हाम्रो संस्कृतिमा यौन सम्बन्ध राख्ने पुरुष साथीसँग महिलालाई समझदारी बढाउन र सम्झौता गर्न गाह्रो छ । कन्डम लगाउने कुरामा त झनै गाह्रो छ । यसैले यो कुरा महिलाकोलागि चुनौतिपूर्ण छ । महिला यो संक्रमणबाट बच्न केही साधनको प्रयोग आफै भएपनि गर्न चाहन्छन्,” मलेमीया भन्छिन् ।

जुन महिलाले आफ्ना यौन साथीलाई कन्डमको प्रयोग गर्न लगाउन सत्तिनन्, जुन अवस्थामा सुरक्षित यौन सम्बन्ध समझदारीपूर्वक राख्न सकिंदैन, उनकोलागि यो सिलिकन रिङ्ग नै एक मात्र विकल्प हुन सक्छ

बिबिसी भिडियोमा देखाइएका केही महिलाले यो सिलिकन रिङ्ग परीक्षणकोरुपमा प्रयोग गरिरहेका छन् । धेरै पुरुष धेरै जनासँग यौन सम्बन्ध राख्छन् । यसै कारण संक्रमणपनि बढिरहेको छ। एउटा यो सिलिकन रिङ्गको ७०० रुपियाँ जति पर्छ । यो प्रत्येक महिना फेर्नु पर्छ । यो महिला आफैले फेरबदल गर्न सक्छन् । उनीहरुसँग यौन सम्बन्ध राख्ने साथीरुहरुले यो कुरा पत्ता लगाउन सक्दैनन् ।

ब्लानटाएर स्थित कुइन एलिजाबेथ हस्पिटलकी डाक्टर एन्नालेन नेलले यो सिलिकन रिङ्गको वैज्ञानिक परीक्षणको नेतृत्व लिएकी छिन् । त्यो परीक्षणले देखाएका नतिजा अनुसार यो रिङ्गको प्रयोग गर्ने प्रत्येक तीन महिला मध्ये एक महिला मात्र एचआइभी संक्रमणबाट बच्छिन् ।

“यो संक्रमणको बिकराल समस्यालाई हेर्दा प्रत्येक तीन मध्ये एक महिलालाई मात्र भएपनि जोखिमबाट बचाउन सकियो भने सामुदायिक स्तरमा यो संख्या बढ्दै जान्छ र संक्रमण घट्दै जान्छ । जुन महिलाले आफ्ना यौन साथीलाई कन्डमको प्रयोग गर्न लगाउन सत्तिनन्, जुन अवस्थामा सुरक्षित यौन सम्बन्ध समझदारीपूर्वक राख्न सकिंदैन, उनकोलागि यो सिलिकन रिङ्ग नै एक मात्र विकल्प हुन सक्छ,” डाक्टर नेल भन्छिन् ।

यो रिङ्ग वैज्ञानिक परीक्षणमा सफल भयो र यसलाई चिकित्सकको स्विकारे विश्वभरि नै उपलब्ध हुन सक्छ ।

साभारः– बिबिसी

    Comment Here!

Related NEWS
मुख्य खबर

लोग्ने मान्छे

–रेनुका कार्की– बजारमा बिक्ने भइस् हजारमा साँटिने भइस्, थुइक्क ! तँ जस्ता निर्दयी लोग्ने मान्छे ।

फेसबुकमा अस्लील फोटो राखेर धम्काउने पक्राउ

नवलपरासी । फेसबुक प्रोफाईलमा महिलाको तस्वीर राखेर अश्लिल फोटो पोष्ट गर्दै धम्काउने एक युवालाई नवलपरासी

बलात्कारको अभियोगमा पक्राउ

–महिला खबर– ललितपुर । बाग्मती गाउँपालिका–६ स्याउले थुम्काका एक युवालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको छ

यौन हिंसा पीडित खेलाडीलाई क्षतिपूर्ति

ललितपुर । अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: