जुरी नेपालमा शर्मिला श्रेष्ठ


प्रकाशित मिति :2017-12-03 16:52:27

-महिला खबर-

काठमाडौं । न्याय तथा अधिकार संस्था (जुरी नेपालको) शनिबार सम्पन्न छैटौ साधारण सभाले शर्मिला श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको छ । श्रेष्ठ पेसाले सार्वजनिक महत्वका मुद्धा हेर्ने कानून व्यवसायी हुन् । जुरी नेपालको विधानअनुसार साधारण सभा एक उच्च तथा निर्णायक निकाय हो ।

सभाले श्यामकुमार श्रेष्ठ, पंकजकुमार कर्ण, आरती विष्ट, इन्दिरा शंकरलाई क्रमशः उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा निर्वाचित गरेको छ । कार्य समितिका निर्वाचित अन्य सदस्यहरूमा निराजन थपलिया, भगवती घले, टेक टमाटा, सरज थापा, रत्नकाजी श्रेष्ठ र चुनबहादुर गुरुङ छन् । विधानअनुसार अध्यक्षलगायत समितिका अन्य पदाधिकारीहरूको पदावधि दुई वर्षको हुन्छ ।

सभाले वार्षिक प्रतिवेदन, अडिट रिपोर्टलगायत अन्य नीतिगत दस्तावेजहरू अनुमोदन गर्नुका अतिरिक्त नवगठित समितिलाई संघात्मकका सन्दर्भमा आर्थिक, सामाजिक, साँस्कृतिक अधिकार तथा दण्डहिनताका विषयमा रणनीति रिसर्च, गुणस्तरीय प्रकाशन तथा पैरवीमा विशेष जोड दिन नयाँ कार्यदेशसमेत दिएको छ । साधारण सभाले निर्वतमान अध्यक्ष राजु चापागाइँलगायत टिमलाई धन्यवाद ज्ञापन पारित गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

लोग्ने मान्छे

–रेनुका कार्की– बजारमा बिक्ने भइस् हजारमा साँटिने भइस्, थुइक्क ! तँ जस्ता निर्दयी लोग्ने मान्छे ।

फेसबुकमा अस्लील फोटो राखेर धम्काउने पक्राउ

नवलपरासी । फेसबुक प्रोफाईलमा महिलाको तस्वीर राखेर अश्लिल फोटो पोष्ट गर्दै धम्काउने एक युवालाई नवलपरासी

बलात्कारको अभियोगमा पक्राउ

–महिला खबर– ललितपुर । बाग्मती गाउँपालिका–६ स्याउले थुम्काका एक युवालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको छ

यौन हिंसा पीडित खेलाडीलाई क्षतिपूर्ति

ललितपुर । अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: